2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाली समाज युएईद्धारा रामपुरका २ विद्यालयमा अक्षयकोष स्थापना

पाल्पाली समाज युएईद्धारा रामपुरका २ विद्यालयमा अक्षयकोष स्थापना


Sabalnews प्रकाशित मिति : शुक्रबार, असोज २८ २०७९
4.2K

पाल्पा ।

बैदेशिक रोजगारीका लागि युएई गएका पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज युएईले पाल्पा जिल्लाको रामपुर नगरपालिकाका २ बिद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।

विदेशमा रहेर पनि नेपाल र नेपालीको मानव तथा भौतिक एंव सामाजिक विकासमा सहयोग गर्दै आएको समाजको बार्षिक कार्यक्रम अन्तर्गत नै अभियानको रुपमा रहेको पाल्पाली समाजले विद्यालयमा अक्षयकोष स्थापना गरेको हो ।
सन् २०१४ मा युएईमा स्थापना भएको समाजले पाल्पा जिल्लाका १ गाविस १ विद्यालय अक्षयकोष अभियान अन्तर्गत तत्कालिन ६० गाविसका ६० विद्यालयमा अक्षयकोष स्थापना गरेको थियो । अहिले अभियान अन्तर्गत पहिलोपटक  नगरपालिकाका विद्यालयमा अक्षयकोष स्थापना गरेको हो ।

झण्डै ६ बर्षअघि पहिलो पटक तत्कालिन सिलुवा गाविसको तामाखानीमा रहेको अकला प्राथमिक विद्यालयबाट शुरु भएको अभियानको ६१ औं विद्यालयका रुपमा रामपुर नगरपालिका वडा नम्बर ३ बोटेगाँउको नबदुर्गा प्राथमिक विद्यालय र ६२ औं विद्यालयको रुपमा रामपुर नगरपालिका १० को कुम्भ प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना भएको हो ।

समाजका प्रतिनधि सहितको सहभागितामा विद्यालयमा अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले हुनेले पनि ५ रुपँया, सय रुपँया हत्तपत्त सहयोग नगर्ने परिपार्टीमा आफ्ना लागि कमाउन गएका पाल्पालीहरुले शिक्षा र बालबालिकालाई सम्झेर सहयोग गर्नु उदाहरणीय रहेको भन्दै पाल्पाली समाज युएईको सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्नुभयो । समाजले पाल्पा जिल्ला सहित नेपालका बिभिन्न क्षेत्रमा गरेको सहयोगी भावनाको प्रशंसा गर्दै नगरप्रमुख थापाले आगामी दिनमा पनि सहकार्यलाई जोड दिने बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले पाल्पाली समाज युएईले शिक्षा क्षेत्रमा काम गरेर जिवनमा ज्योति भरिदिने ज्ञान र सिप विकासमा टेवा पु¥याएको बताउनुभयो । बिदेशिनु बाध्यता रहेपनि आफ्नो गाउँ समाज र आफन्ती एवं गाउँकै विद्यालय विद्यार्थीका लागि गरेको सहयोग निकै महत्त्वपूर्ण रहने बताउनुभयो ।

रामपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख बिकल काफ्लेले समाजले विपन्न समुदायका विद्यालयमा गरेको सहयोग अतुलनीय रहेको उल्लेख गर्दै सरकारी र सामाजिक संघसस्थाको सहकार्यले सकारात्मक समाज परिवर्तनमा उल्लेख्य भुमिका खेल्ने बताउनुभयो ।

नबदुर्गा प्राथमिक बिद्यालय रामपुर ३ बोटेगाँउमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिका ३ का वडाअध्यक्ष दामोदर पाठकले पाल्पाली समाज युएईले मातृभुमि पाल्पालीको सुख र दुःखमा साथ दिदै आएको बताउदै ३ नम्बर वडाको सरकारी विद्यालयलाई सम्झनुभएकोमा समाजलाई हार्दिक धन्यवाद दिनुभयो ।

समाजका केन्द्रिय सदस्य हिरा बहादुर कुमालले युुएईमा छरिएर रहनुभएका पाल्पालीहरुको गोलबद्धताले नै यो सम्भव भएको बताउनुभयो । उहाँले गाँस काटेर आफ्नो भुमिमा पठाउनु सबैका लागि सम्भव नहोला तर मन ठुलो भएकाले मातृभुमिका लागि केही गरौं भन्ने भावना पैदा भएर अठोटका साथ सबै लागेर सहयोग जुटाएको स्मरण गराउनुभयो ।

विद्यालयका प्रध्यानध्यापक बिष्णु प्रसाद पाठकले विद्यालयको अबस्थाबारे जानकारी गराउदै प्रायः सिमान्तकृत समुदायका बालबालिका अध्ययनरत यस विद्यालयलाई थप फरक दृृष्टिले लिएर सहयोग गर्दा खुशी लागेको बताउनुभयो । नेपाल बाहिर रहेका पाल्पालीको ध्यान विद्यालयमा परेर अक्षयकोष स्थापना गर्नुभएकोमा धन्यवाद दिदै प्रध्यानाध्यापक पाठकले अक्षयकोषलाई मर्म अनुसार सञ्चालन गर्ने बताउनुभयो । विद्यालयमा पुग्नुभएका नगरप्रमुख रमण बहादुर थापाले खेल्दै सिक्दै गर्ने विद्यालयमा साना बालबालिकाको लागि खेल्ने भुल्ने खेलकुद सामाग्रीको अभाव देखेर तत्काल ३० हजार बराबरको चिफ्लेटी, पिङ्ग सहितका खेलकुद सामाग्रीको सहयोग गर्ने बताउनुभयो ।

पाल्पाली समाज युएईका प्रतिनिधि, जनप्रतिनिधि, विद्यालयका पुर्व अध्यक्ष, निर्वतमान पदाधिकारी, शिक्षक अभिभावक संघ, शिक्षक बिद्यार्थी सहितको सहभागीता रहेको कार्यक्रम पाल्पाली समाज युएईको पाल्पा कार्यक्रम संयोजक तथा पत्रकार सीता डोटेलले सञ्चालन गर्नुभएको हो ।

रामपुर नगरपालिका १० मा रहेको कुम्भ प्राथमिक बिद्यालयमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, शिक्षा शाखा प्रमुख बिकल काफ्ले, लुम्बिनी प्रदेश मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका सदस्य राम प्रसाद गैरे, पाल्पाली समाज युएईका केन्द्रिय सदस्य हिरा बहादुर कुमाल, कार्यक्रमको समन्वय गर्नुहुने पत्रकार सीता डोटेल, वडाका जनप्रतिनिधि एंव विद्यालयका व्यवस्थापन समिति एंव सरोकारवालाहरुको उपस्थितिमा अक्षयकोष स्थापना गरिएको हो ।

नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविश्वर कुमाल र प्रध्यानाध्यापक महेन्द्र प्रसाद श्रेष्ठलाई अक्षयकोषको रकम प्रदान गर्नुहुदै गरिव जेहन्दार विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गरेर अक्षयकोषलाई जिवन्त राख्न आग्रह गर्नुभयो ।
विद्यालयका प्रध्यानध्यापक महेन्द्र प्रसाद श्रेष्ठले विद्यालयको भौतिक तथा शैक्षिक अबस्था बारे जानकारी गराउनुहुदैं बिद्यालयले अझ फड्को मार्न नसकेको बताउनुभयो । उहाँले प्रविधिको विकास भइरहेको अबस्थामा कम्प्युटर, शुद्ध खानेपानी र राम्रो शौचालयको अझ पनि आबश्यक रहेको जानकारी दिनुभयो । नगरप्रमुख थापाले विद्यालयमा यसैबर्ष कम्प्युटर र दक्ष जनशक्तिका लागि तालिम समेतको व्यवस्था गर्ने बताउदै शिक्षक र अभिभावकले विद्यालय सुधार गर्न तर्फ तत्पर हुनुपर्ने बताउनुभयो । यसैबीच पाल्पाली समाज युएईले विद्यालयमा अक्षयकोष स्थापनाको अबसरमा प्रध्यानध्यापक महेन्द्र प्रसाद श्रेष्ठले समेत यही बर्ष विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ भने बिद्यालय पोषाक वापतको रकमबाट विपन्न परिवारका विद्यार्थीलाई पोषाक उपलब्ध गराउने बचन दिनुभएको छ ।

पाल्पाली समाज युएईले हालसम्म जिल्लाका ६२ विद्यालयमा १५ लाख ५० हजारको अक्षयकोष स्थापना गरेको छ । यस कोषको व्याजको रकमले प्रत्येक बर्ष विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीलाई बार्षिकउत्सव या बार्षिक कार्यक्रम गरि शैक्षिक सामाग्री प्रदान गर्ने गरि अक्षयकोष स्थापना गरिएको पाल्पाली समाजका अध्यक्ष ओम कुमारी खाणले बताउनुभयो ।

२०७१ सालमा स्थापना भएको पाल्पाली समाजले २०७२ को बिनासकारी भुकम्पको बेला पाल्पा राहत कोषमा ६ लाख १ सय ११ र नेपाल सरकारको केन्द्रिय राहतकोषमा समेत रकम सहयोग गरेको थियो । समाजका सस्थापक अध्यक्ष खुम बहादुर आले र निवर्तमान अध्यक्ष बेद प्रसाद अर्याल सहित समाजको टिमले युएईमा ज्यान गुमाउन पुगेका पाल्पाली, गैरपाल्पालीका परिवारका छोराछोरीको नाममा कोष स्थापना तथा किरिया तथा घरखर्च, अस्पतालमा उपचार गराइराख्नु भएका अशक्त तथा दीर्घरोगीलाई उपचार र नेपाल पठाउन देखि जिल्लामा विभिन्न समयमा सहयोग गर्दै आएको छ । हालसम्म जिल्लामा ५० लाख बढी रकम सहयोग गरेको पाल्पाली समाजका उपाध्यक्ष खगेश्वर बोटे ” पाल्पाली कान्छा” ले जानकारी दिनुभयो । समाजका सस्थापक महासचिव तथा निवर्तमान अध्यक्ष बेद प्रसाद अर्याल नेपाली समाज युएईको महासचिव रहनुभएकोले पनि समस्यामा परेका नेपालीलाई निरन्तर सहयोग पुर्‍याउदै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com