आज अक्टोबर दोस्रो बिहिबार दृष्टि दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै
काठमाडौं ।
आज अक्टोबर महिनाको दोस्रो बिहिबार दृष्टि दिवस । संयुक्त राष्ट्रसंघले प्रत्येक बर्षको अक्टोबर महिनाको दोस्रो बिहिबार विश्व दृष्टि दिवस मनाउने घोषणा गरे अनुसार नै आज विश्व दृष्टि दिवस मनाइन्छ ।
नेपालमा पनि विभिन्न संघ सस्थाले गोष्ठी, भेला, अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम गरि विश्व दृष्टि दिवस मनाइदैछ । १९८१ मा मात्र एउटा आँखा अस्पताल भएकोमा अहिले १७ बढी ठुला आँखा अस्पताल र ५०औं अन्य केयर सेन्टर संचालित छन् ।
“आफ्नो आखालाई माया गरौ” भन्ने सन्देश सहित यो बर्षको आँखा दिवस मनाइदैछ । एक तथ्यांक अनुसार विश्वमा ३ करोड ६० हजार मानिसहरु दृष्टिबिहिन छन् भने २ अर्व ४६ करोडको हाराहारीमा कम दृष्टि वा गहिरो प्रकृतिको दृष्टि जन्य समस्याबाट प्रभावित छन् ।
यसमा झण्डै १ करोड ९० लाख हाराहारीमा बालबालिका छन् ।