2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाली खेलकुदमा गरिमा बढाएको सिलुवामा मण्डली कप हुँदै

पाल्पाली खेलकुदमा गरिमा बढाएको सिलुवामा मण्डली कप हुँदै


Sabalnews प्रकाशित मिति : बुधबार, असोज २६ २०७९
2.5K

पाल्पा

छैठौं मण्डली कप प्रतियोगिता आगामी कात्तिक तेस्रो साता  पाल्पाको सिलुवामा हुने भएको छ ।

पाल्पा जिल्लाकै खेलकुदको गरिमा बोकेको मण्डली कप यस बर्ष खुला क्लब स्तरीय आयोजना गरिएको छ । बिगतमा पालिका स्तरिय भलिवल प्रतियोगिता गर्दै आएको क्लबले यसपटक खुला क्लब स्तरीय पुरुष भलिवल प्रतियोगिता गर्ने जनाएको छ ।

मण्डली स्पोर्ट्स क्लबको आयोजना र पुर्वखोला गाउँपालिकाको सहआयोजनामा हुन लागेको प्रतियोगिताबारे बुधबार रामपुरमा पत्रकार भेटघाटको आयोजना गर्दै क्लबले देशका उत्कृष्ट क्लब सहभागी हुने प्रतियोगिता आगामी कार्तिक १६ देखि १९ गतेसम्म चल्ने जनाएको हो ।

‘‘मण्डली स्पोर्टस् क्लवको शान, खेलकुद तथा लोक संस्कृतिको पहिचान’’ भन्ने नारा सहित २०७३ सालमा सिलुवामा स्थापना भएको मण्डली स्पोर्ट्स क्लबले जिल्लाको पुर्वी क्षेत्रमा खेलकुदको विकासमा उल्लेख्य भुमिका खेल्दै आएको छ । स्थानीय तहको पुनः संरचनापछि लुम्बिनी प्रदेश मै यस क्लबले पहिलो अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरि प्रदेशमा नै उत्कृष्ट छबि बनाएको छ ।

स्थानीय स्तरमा खेलकुदको विकास र समाजका बालबालिका, युवालाई दुर्व्यसनबाट जोगाई सक्रिय बनाईराख्न स्थापना गरिएको क्लबकै देनले अहिले राष्ट्रिय स्तरमा बिक्ने खेलाडी उत्पादन भएको मण्डली स्पोर्टस् क्लवका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ‘‘पूर्वखोलालाई खेलकुद हबको रुपमा अघि बढाउने संकल्प छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो– महिला पुरुषका विभिन्न खेल, अन्य प्रतियोगिता सञ्चाालन गर्न, स्वीमिङ सहितका खेलकुदको विकासमा लाग्ने सोच छ यसमा सबैको साथ आबश्यक छ।’’ देशको संरचना र भौगोलिक अबस्था अुनसार ७ सय ५३ स्थानीय तहमै राष्ट्रिय खेल भलिवल खेल्ने भुबनोट भएको बताउदै श्रेष्ठले पालिका स्तरीय खेलबाट अब खुला क्लब स्तरीयमा स्तरउन्नति गरि भलिवललाई अझ उच्च स्तरको बनाएको बताउनुभयो ।

मण्डली स्पोर्टस् क्लवका सचिव कृष्ण पंगेनीले विश्व प्रसिद्ध चुरा मण्डली बराजुको नाममा क्लब स्थापना भएर निरन्तर खेल र सामाजिक काममा सक्रिय रहदै आएको बताउनुभयो । साविक सिलुवा गाविसको १ मा स्थानीयकै सक्रियतामा प्रतियोगिता हुदै आएको हो । हाल क्लवले खेल मैदान निर्माण गरी युवाहरुलाई विविध प्रतियोगिता सञ्चालन गर्ने, नियमित टोल स्तरीय रनिङ प्रतियोगिता गरेर स्थानीयलाई सिर्जनशील बनाएको छ भने बालबालिका पनि संगठित र क्रियाशिल हुदै आएका छन् ।

यसै क्लबले प्रदेश स्तरका खेलाडी र राष्ट्रिय भलिवलका प्रशिक्षक समेत जन्माउन सफल भएको छ । पोखरामा असोज २८ देखि सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण केही दिनपछि सरेको छैंठौं मण्डकी कप प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख रुपँया, द्वितियले नगद ७० हजार रुपँया, तृतीयले नगद ४० हजार रुपँया र सान्त्वना हुने समुहले नगद २० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने साथै प्रतियोगिताका ६ बिधामा उत्कृष्ट बिधागत नगद १०/१० हजार रुपँया प्रदान गरिनेछ । हालसम्म प्रतियोगिताका लागि ८ बढी क्लब सम्पर्कमा आइसकेको जानकारी दिईएको छ । मणी मकुण्द भलिबल क्लव, श्रीनगर भलिबल क्लव, वालिङ् भलिबल क्लव, लाफा समाज गल्कोट, कालीगण्डकी सहित पाल्पा, स्याङ्गजा, तनहुँ, रुपन्देही सहितका जिल्लाबाट क्लबको सहभागिता रहने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे, पत्रकारहरु सीता डोटेल, इमान सि. राना, शुशिला रेग्मी, बन्दना पोखरेल, कृष्ण पौडेल, दुर्गेश मल्लले प्रतियोगिताका बिषयमा जिज्ञासा राखेका थिए ।
मण्डली स्पोर्टस् क्लवका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रम पूर्वखोला भलिबल संघका सचिव नविन आचार्यको स्वागत र कन्दरा न्यूज डटकमका कार्यकारी प्रमुख डिल्लीराज पंगेनीको सञ्चालनमा चलेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com