2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभामा १०/१० जनाको उम्मेद्धारी

पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभामा १०/१० जनाको उम्मेद्धारी


Sabalnews प्रकाशित मिति : आइतबार, असोज २३ २०७९
1.1K

पाल्पा

पाल्पा जिल्लाको २ प्रतिनिधि निर्वाचन क्षेत्र अन्तर्गत १ नम्बर प्रतिनिधि सभा क्षेत्र र सोही क्षेत्रको प्रदेश सभा निर्वाचनको लागि १०/ १० जनाको उम्मेदवारी परेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनका लागि राजनैतिक दल र स्वतन्त्र गरि प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १० र प्रदेश सभा (क) मा ५ र प्रदेश सभा (ख) मा ५ गरि प्रदेश सभा निर्वाचनका लागि १० जनाको उमेद्धारी परेको हो ।

प्रतिनिधि सभाका लागि दलका तर्फबाट ६ जना र स्वतन्त्रबाट ४ जनाको उम्मेद्वारी परेको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले जानकारी दिनुभयो ।

बिहान १० बजेदेखि ५ बजेसम्म तोकिएको उमेद्धारी मनोनयन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) र प्रदेश (ख) का लागि समान ५/५ राजनैतिक दलहरुबाट १० जनाको उम्मेद्वारी परेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गाहा, नेकपा एमालेका नारायण प्रसाद आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर सिंजाली, जनता समाजबादी पार्टी नेपाल मेहरमान राना, मंगोल नेशनल अर्गनाईजेशनका थम्मन बहादुर बुढा मगर, राष्ट्रिय जनमुक्ति पार्टीका उजर सिं दर्लामीले उम्मेदवारी दर्ता गराउनुभएको छ । संघीय निर्वाचनमा स्वतन्त्रबाट विपिन कंडेल, नारायण न्यौपाने, डोलराज तिमिल्सिना र राजु सुनारको उम्मेद्वारी परेको छ ।

निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) मा गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकान्त खनाल र प्रदेश (ख) मा नेपाली कांग्रेस कै शंकर खनाल, नेकपा एमालेबाट प्रदेश सभा (क) मा राजुप्रसाद श्रेष्ठ र प्रदेश सभा (ख) मा खेम बहादुर सारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सभा (क) मा डुल बहादुर गाहा र प्रदेश सभा (ख) मा लक्ष्मण प्रसाद पंगेनी, मंगोल नेशनल अर्गनाईजेशनबाट प्रदेश सभा (क) मा पूर्ण बहादुर रुचाल र प्रदेश सभा (ख) मा लाल बहादुर दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रदेश (क) मा भिमसेन सुनारी मगर र प्रदेश (ख) मा टेक बहादुर रानाको उम्मेद्वारी परेको सहायक निर्वाचन अधिकृत रामहरी पाण्डेले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा निर्वाचनका लागि सबैभन्दा कान्छो उमेर २९ बर्षका स्वतन्त्र उमेद्धार बिपिन कडेंल छन् उनी निर्वाचन कार्यालयमा सबैभन्दा अघि पुगेर १ नम्बरमा उमेद्धारी दर्ता गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com