2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा २ मा प्रतिनिधि सभा उमेदवारमा १५ जनाको उम्मेद्बारी

पाल्पा २ मा प्रतिनिधि सभा उमेदवारमा १५ जनाको उम्मेद्बारी


Sabalnews प्रकाशित मिति : आइतबार, असोज २३ २०७९
1.3K

पाल्पा

पाल्पा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा १५ जनाले उम्मेद्बारी दर्ता गराएका छन् ।

आगामी मंसिर ४ गते एकैपटक हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन मध्य पाल्पाको क्षेत्र नं. २ मा राजनितिक दल र स्वतन्त्र गरि १५ जनाले निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधि सभा उमेदवारमा उमेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नंं २ प्रतिनिधि सभा सदस्यका लागि बाम- लोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सोम प्रसाद पाण्डे, नेकपा एमालेबाट ठाकुर गैरे, राप्रपा नेपालबाट खडानन्द गैरे, राप्रपाबाट भोजिन्द्र बहादुर के.सी, राष्ट्रिय जनमुक्ति पार्टी बाट हुम बहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीबाट शिव सुन्दर दुख्या, जनता समाजवादी पार्टीबाट दुरपता सोमै, मंगोल नेशनल अर्गनाइजेशनबाट मन बहादुर दर्लामी, जनमत पार्टी नेपालबाट देव बहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम प्रसाद गैरे, नेपाली कांग्रेस विपिबाट श्रीधर न्यौपाने, नेपाल आमा पार्टीबाट तारा प्रसाद खत्रीले उम्मेद्वारी मनोनयन दर्ता गराउनु भएको हो ।
त्यस्तै, प्रतिनिधि सभाका लागि स्वतन्त्रबाट उपेन्द्रराज गहिरे, जीवलाल सुवेदी र केशर बहादुर आलेले उम्मेद्वारी दिनुभएको छ ।

पाल्पा क्षेत्र नंं २ अन्तर्गत प्रदेश सभा सदस्यको लागि प्रदेश (क) मा ७ जना, (ख) मा ६ जनाले मनोनयन दर्ता गरेका छन् ।
पाल्पा क्षेत्र नंं २ (क) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसबाट विर बहादुर राना, नेकपा एमालेबाट पर्सुराम भट्टराई, जसपाबाट खिक बहादुर रेश्मी, नेशनल मंगोल अर्गनाइजेशनबाट लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर राना, राप्रपाबाट राजु गैरे, नेपाल मजदुर किसान पार्टीबाट माधव अधिकारीले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी पाल्पा क्षेत्र नंं २ (ख) प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती (बसन्त), नेकपा एमालेका ओम बहादुर घर्ती, राप्रपाका चक्रपाणी पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र अस्लामी, नेशनल मंगोल अर्गनाइजेशनका शिव बहादुर गाहा, जसपाका राजन खड्काले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com