2

Logo २०८३ बैशाख १३ आइतबार
पूर्वसांसद बालकृष्ण ढुंगेलको निधन

पूर्वसांसद बालकृष्ण ढुंगेलको निधन


Sabalnews प्रकाशित मिति : शनिबार, असोज २२ २०७९
617

काठमाडौं
एमाले पोलिटब्युरो सदस्य एवं पूर्वसांसद बालकृष्ण ढुंगेलको निधन भएको छ।

ओखलढुंगाका नेता ढुंगेलको काठमाडौं काँडाघारीस्थित निवासको ट्वाइलेटमा चिफ्लिएर निधन भएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहोराका अनुसार घरमा एक्लै रहेका ढुंगेल शनिवार विहान बाथरुममा मृत भेटिएका थिए। उनी चिप्लिएर लडेको हुनसक्ने बताइएको छ।

पारिवारिक सदस्य अर्जुन ढुंगेलका अनुसार नेता ढुंगेल लामो समयदेखि किड्नीका बिरामी थिए। डेंगु भएपछि उनी घरमै आराम गरिरहेका थिए।

लामो समय जेल जीवन बिताएका ढुङेललाई आम माफी दिएपछी कारागारमुक्त भएका थिए । त्यसपछी उनमा स्वास्थ्य समस्या देखिदै आएको थियो। नेकपा बिभाजित हुँदा उनी एमालेमा नै बसेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com