खोलाले बगाउदा पाल्पामा ५ बर्षिया बालिकाको ज्यान गयो
पाल्पा ।
पाल्पामा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका ६ ठिमुरेको मन्दी खोलाले बगाउँदा रिब्दीकोट ५ नयाँटोलकी पाँच वर्षीया प्रिन्सु पचभैयाको ज्यान गएको हो ।
बिहीवार बेलुकी साढे ४ बजेतिर नयाँ टोलबाट रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो ।
खोला तर्ने क्रममा प्रिन्सुसँगै आमा कविता र मिना रानालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खोलाले बगाएका कविता पचभैँया र मीना रानाको भने उद्धार भएको छ ।
प्रहरीका अनुसार घाइते मिनाको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । कविता सकुशल रहेको प्रहरीले जनाएको छ ।