2

Logo २०८३ बैशाख १३ आइतबार
बारामा बस दुर्घटना अपडेट :१५ जनाको मृत्यु

बारामा बस दुर्घटना अपडेट :१५ जनाको मृत्यु


राहुल गुप्ता प्रकाशित मिति : बिहिबार, असोज २० २०७९
939

बारा ।

बारामा आज बिहान भएको बस दुर्घटनामा ज्यान जानेको संख्या १५ पुगेको छ ।

हेटौंडा अस्पतालमा मात्रै ११ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक सबैको सनाखत हुन बाँकी छ । इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् भने  घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६ -००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिकैको मोडमा सडकबाट खोलामा खसेको हो। घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com