2

Logo २०८३ बैशाख १३ आइतबार
भुपु विद्यार्थी मञ्च रामतुलसी माविको शुभकामना बिशेष पुनर्मिलन

भुपु विद्यार्थी मञ्च रामतुलसी माविको शुभकामना बिशेष पुनर्मिलन


Sabalnews प्रकाशित मिति : मंगलबार, असोज १८ २०७९
771

पाल्पा ।

रामतुलसी माबी भुपु विद्यार्थी मञ्चको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम विद्यालयमा सम्पन्न भएको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी रानाले नगरपालिकामा ६१ बिद्यालय रहेको र सबै विद्यालयका राम्रा सिकाई आदानप्रदान गर्ने कार्यक्रम गरिदै स्कुलको भौतिक र शैक्षिक विकासमा नगरपालिकाले सहयोग गर्दै आइरहेको  बताउनुभयो ।

समाजसेवी तथा रामपुर पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनालले समाजका अधिकांश व्यक्ति रामतुलसीको उत्पादन भएको स्मरण गर्दै त्यो लगानी र माया सदैव विद्यार्थीमा निरन्तर हुनेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय बिपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले स्कुलको आधारमा व्यक्ति दजाउने कु-सस्कार रहेको बताउदै सक्षम नागरिक उत्पादनमा स्कुलले जोड दिएको बताउनुभयो ।

वडा नम्बर ५ का वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा नम्बर ६ का वडा अध्यक्ष दिवाकर देवकोटा,  पुर्व वडा अध्यक्ष हुमनाथ न्यौपाने, सदस्य लक्षण सुनाम, मिनराज रेग्मी लगायतले बिजयादशमी तथा दिपावलीको शुभकामना दिदै शिक्षा नै सर्वोपरि भएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताउनुभयो ।

सोही अबसरमा मञ्चका अध्यक्ष शालिकराम कंडेल र  उहाँका परिवारले रामतुलसी माबिमा पुनः कोष खडा गर्नुभएको छ । उहाले ३ वटा कोष खडा गर्नुभएको छ । भने आमबुवाको सम्मानमा दरैठाटीमा एउटा कोष स्थापना गर्नुभएको छ । कोषका संरक्षक शालिकराम कडेल र कडेल परिवारले मञ्च स्थापनाको बर्ष पहिलो कोष बुवा आमाको सम्मानमा ५१ हजार ६ सय ७० रुपयाको तारानाथ तिलमाया कडेल सम्मान छात्रवृत्ति कोष, दोस्रो कोष छोराछोरीको नाममा पनि सोही ५१ हजार ६ सय ७० रुपयाको संकल्प सलोनी स्नेह छात्रवृत्ति कोष र अहिले श्रीमतीको नाममा ५१ हजार ३ सय ६९ रुपयाको “कल्पना गौतम कडेल स्नेह छात्रवृत्ति कोष” स्थापना गर्नुभएको छ  ।

यसबर्ष स्थापना भएको कोषबाट कक्षा १२ का जेहन्दार एक छात्र र एक छात्रा गरि २ विद्यार्थीलाई सहयोग गर्ने गरि कोष स्थापना गरेको कोषदाता शालिकराम कडेलले बताउनुभयो । छोराछोरीको नाममा स्थापना गरेको कोषबाट कक्षा ११ का जेहेन्दार छात्रा र छात्र गरि २ विद्यार्थीलाई सहयोग गरिने कडेलले बताउनुभयो ।

भुपु विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कडेलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य महेश पौडेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव बिष्णु रेग्मीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com