2

Logo २०८३ बैशाख १५ मंगलबार
प्रेस चौतारी नेपाल पाल्पाले गर्‍यो शुभकामना आदान-प्रदान

प्रेस चौतारी नेपाल पाल्पाले गर्‍यो शुभकामना आदान-प्रदान


Sabalnews प्रकाशित मिति : शनिबार, असोज १५ २०७९
1.1K

पाल्पा ।

प्रेस चौतारी नेपाल पाल्पाले बडा दशैं, तिहार, छठ पर्व तथा नेपाल संम्बतको अवसरमा शुभकामना आदान-प्रदान गरेको छ ।

प्रेस चौतारी पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा तानसेनमा भएको कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्यहरु, प्रदेश सस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नेकपा एमालेका नेताहरु, जिल्लामा क्रियाशील पत्रकारहरु, नेपाल निकट बिभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिट्व्युरो सदस्य ठाकुर गैरेले नेपालीहरुको महान पर्वको शुभकामना दिनुहुदै  मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गर्नुभयो ।

उहाँले पछिल्लो समय नेकपा एमालेको नीति कार्यक्रम बालबालिका, युवा, जेष्ठ नागरिकसँग प्रभावित भएको र जनचाहना अनुसार एमालेबाट बिजयी सांसदहरुले काम गर्ने ठोकुवा समेत गर्नुुुभयो ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारी पाल्पाले पछिल्लो समय विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमाले पाल्पाका पूर्व अध्यक्षहरु नारायण प्रसाद आचार्य, देवीप्रसाद बस्याल, पुर्व सांसद नारायणी शर्मा लगायतले शुभकामना दिनुभएको थियो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन बिश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव नारायण न्यौपानेले गर्नुभएको थियो । प्रेस चौतारी पाल्पाले पछिल्लो समय बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । हालै यो संस्थाले तानसेन सिल्खानटोलमा कार्यालय समेत स्थापना गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com