2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल-श्रीलंका चेम्बर अफ कमर्सको सचिवमा व्यवसायी प्रकाश वली निर्वाचित

नेपाल-श्रीलंका चेम्बर अफ कमर्सको सचिवमा व्यवसायी प्रकाश वली निर्वाचित


Sabalnews प्रकाशित मिति : शनिबार, असोज १५ २०७९
1.3K

काठमाडौं ।

नेपाल-श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६ औं वार्षिक साधारणसभाबाट युवा व्यबसायी प्रकाश वली सचिवमा निर्वाचित हुनुभएको छ ।

इन्ड्रष्टिजको साधारण सभाबाट सचिवमा निर्वाचित वलीले नेपाल र श्रीलंकाको सुमधुर सम्बन्ध र सार्क राष्ट्र र यसले खेल्ने सहकार्य भुमिकालाई मजबुत गराउन सदैव पहल गर्ने बताउनुभयो ।

पर्यटन व्यवसायी विजय श्रेष्ठको अध्यक्षतामा शुक्रवार नेपाल-श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको नयाँ कार्यसमिति चयन भएको हो ।

राजधानीमा सम्पन्न साधारणसभाले हिमालय एयरलाइन्सका भाइस प्रेसिडेन्टसमेत रहनुभएका श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

संघको तीन उपाध्यक्षमा राजेशवीर तुलाधर, रामराज आचार्य र मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचित हुनुभएको छ । इन्ड्रष्टिजको महासचिवमा डा. हरिश जोशी, कोषाध्यक्षमा दिपक महर्जन र दुई सचिवमा विधाता श्रेष्ठ र प्रकाश वली निर्वाचित हुनुभएको हो ।

समितिको सदस्यहरुमा अनिल अग्रवाल, अशोक केसी, विद्यासागर ताम्राकार, , नरेन्द्रबल्लभ पन्त, सुनिल भुसाल, मोहन कटुवाल, राजेश शाक्य, प्रसन्न अधिकारी, धिरज कार्की, प्रिया रञ्जन (पप्पु), पोमनारायण श्रेष्ठ, मनिष राजभण्डारी र सुधीर प्रधानांग, सुनिल वंशल, सुशील श्रेष्ठ, रज्जु तन्डुकार, समीर श्रेष्ठ रहनुभएको संघले जनाएको छ ।

यसैबीच संघको पहिलो बैठक समेत बसेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नरेन्द्रबल्लभ पन्तको संयोजकत्वमा उद्योग तथा लगानी समिति, सुनिल भुसालको संयोजकत्वमा वाणिज्य समिति, प्रशन्न अधिकारीको संयोजकत्वमा पर्यटन समिति, मोहन कटुवालको संयोजकत्वमा पूर्वाधार समिति र राजेश शाक्यको संयोजकत्वमा सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य समिति गठन गरेको छ ।

संघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विषयगत समितिको गठनसँगै संस्थाले द्विपक्षीय आर्थिक तथा सामाजिक विकासका क्षेत्रका काम गर्ने बताउनुभयो । श्रीलंका र नेपालबीच पुरानो सम्बन्ध रहेकाले आर्थिक विकासका लागि सहकार्य गर्ने योजना रहेको छ, श्रेष्ठले भन्नुभयो- यसको अझ सहयोग र सहकार्यको लागि संघको विभिन्न क्षेत्रीय च्याप्टर गठन गर्ने योजना छ ।

दुवै मुलुकमा रहेका दूतावासमार्फत आर्थिक कुटनीतिका क्षेत्रमा काम गर्ने उहाँको भनाइ छ । समिति संयोजकहरुले कार्ययोजना तयार गरी संस्थालाई तिब्र रुपमा अघि बढाउने जनाएको समितिले कामको जिम्मेवारी दिएको छ ।

कार्यक्रममा नेपालका लागि श्रीलंकाली राजदूत हिमाली सुभाषिनी अरुनातिलकाले श्रीलंकाको आर्थिक स्थिति विस्तारै सुधारोन्मुख अवस्थामा रहेको जानकारी गराउँदै द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन सकिने धारणा राख्नुभयो ।

संघका तत्कालीन अध्यक्ष रमेश महर्जनको कार्यकाललाई स्मरण गर्दै राजदूत अरुनातिलकाले उक्त समयमा नेपाल र श्रीलंकाका व्यवसायीबीच एमओयू भएको र आउँदा दिनमा त्यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

संघका मानार्थ सदस्य तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले श्रीलंकासँग धार्मिक पर्यटनमा नेपालले सहकार्य गर्नसक्ने उल्लेख गर्दै चिया, जेम्स एन्ड ज्वेलरी तथा गार्मेन्ट लगायतका क्षेत्रमा पनि पुँजी र प्रविधिमा दुई मुलुक मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

नेपाल र श्रीलंका दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य रहेकाले आर्थिक विकासका लागि दुवै मुलुकले सहकार्य गर्नुपर्ने साधारण सभाले जोड दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com