2

Logo २०८३ बैशाख १३ आइतबार
आज अन्तर्राष्ट्रिय शान्ति दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

आज अन्तर्राष्ट्रिय शान्ति दिवस विभिन्न कार्यक्रम गरि मनाइदै


Sabalnews प्रकाशित मिति : बुधबार, असोज ५ २०७९
3.7K

काठमाडौं

आज सेप्टेम्बर २१ तारिख अन्तर्राष्ट्रिय शान्ति दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदैछ ।

सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने घोषणा गरे अनुसार आज बिश्वभर शान्ति दिवस मनाइन्छ । नेपालमा पनि सन् २००२ देखि नै विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउन थालिएको हो ।

सन् २००२ अघि सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णय अनुरुप सन् १९८२ सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । दिवसको अवसरमा आज मानवअधिकार तथा शान्ति समाज लगायत संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउदैछ्न् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com