2

Logo २०८३ बैशाख १५ मंगलबार
मानवअधिकार तथा शान्ति समाज पाल्पा अध्यक्षमा रेणुका

मानवअधिकार तथा शान्ति समाज पाल्पा अध्यक्षमा रेणुका


Sabalnews प्रकाशित मिति : बुधबार, असोज ५ २०७९
1.5K

पाल्पा ।

मानव अधिकार तथा शान्ति समाज पाल्पाको अध्यक्षमा रेणुका देवकोटा सर्वसहमतिले चयन हुनुभएको छ ।

मानवअधिकार तथा शान्ती समाज पाल्पा शाखाको ११ औँ जिल्ला अधिवेशन तथा २२ औँ साधारणसभाबाट अध्यक्षमा देवकोटा चयन हुनु भएको हो । यस अघि देवकोटा पाल्पा शाखाको उपाध्यक्ष हुनुहुन्थ्यो। सस्थाको उपाध्यक्षमा सन्तवीर बराल, सचिवमा सुशिला रेग्मी, सहसचिवमा अशोक घिमिरे, कोषाध्यक्षमा इन्दिरा ज्ञवाली चयन हुनुभएको हो । सदस्यहरूमा सरिप गहतराज, केशवराज अधिकारी,जमुना पोखरेल, रमा पन्थ, चिरञ्जीवी खनाल, स्वस्तिका श्रेष्ठ, केशरी बस्नेत लगायत हुनुहुन्छ ।

अधिबेशनले प्रेस संयोजकमा पत्रकार सन्तोष गहतराज, युवा संयोजक सुनित्रा घर्ती मगर ,सल्लाहकारमा पुर्व सभापति कृष्ण बहादुर रावल,निवर्तमान सभापति अरूण ज्ञवाली र पुर्व सभापति शिव प्रसाद देवकोटालाई चयन गरेको छ ।

पाल्पाका न्यायाधीश कमल राज विष्टले सस्थाको अधिबेशनको उद्घाटन गर्दै मानवअधिकार, लोकतन्त्र र अहिसाका बारेमा समाजले आवाज बुलन्द गर्दै आएको बताउनुभयो ।  न्यायाधीश,नागरिक समाज,मानवअधिकार कर्मी एवम पत्रकारले न्यायका पक्षमा सत्य, तथ्य र स्वतन्त्रताको पक्षमा आवाज उठाउने ,अन्यायमा परेकालाई न्याय दिलाने र गलत गर्नेलाई कानुनी दायरामा ल्याउन खबरदारी गर्नु नै सस्थाको कर्तव्य हो उहाँले भन्नुभयो- यसमा दत्तचित्त भएर गम्भीरतापुर्वक लाग्नुपर्दछ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सस्थाले देशव्यापी रूपमा मानवअधिकारका बिषयहरूलाई आत्मसाथ गर्दै लामो समय देखि वातावरण, हिमाल बचाउ अभियान,सरसफाइ, लागुपदार्थ दुर्व्यसनी  विरूद्वको अभियान, छोरी पढाऔं अभियान  लगाएत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका मुद्दाहरूलाई सशक्त रूपमा उठाउदै आएको बताउनुभयो ।

सरकारी वकिल कार्यालयका न्यायिधिवक्ता रवि न्यौपाने, मानवअधिकार तथा शान्ति समाजमा केन्द्रीय उपसभापति कृष्ण बहादुर रावल, नागरिक समाजका अगुवा मिन बहादुर केसि, कलाकार चित्रवलीराम सुवाल, केन्द्रीय सचिव मिना ढकाल,पाल्पा जिल्ला सस्थापक सभापति शिव प्रसाद देवकोटा, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपाने, प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझीले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा पाल्पा शाखाका निर्वतमान  सचिव सन्तविर बरालले आव २०७७-८९ को प्रविदेन र सभापति अरूण ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पाल्पामा वि स  २०५६ सालमा स्थापना भएको मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाले  मानवअधिकार, लोकतन्त्र, शान्ति र अहिसाका बारेमा काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com