पाल्पामा २ मोटरसाइकल जुध्दा ३ घाइते
पाल्पा ।
जिल्लाको रामपुर नगरपालिका ८ मा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जना घाइते भएका छन् ।
कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका वडा नं. ८ गैरी खेतमा लु २९ प ३८२७ र लु २१ प ५९२८ नम्बरको दुई मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
घाइते हुनेमा रामपुर नगरपालिका ५ का २१ वर्षीय विष्णु माझी, रामपुर ८ का ३४ वर्षीय यमबहादुर साठीघरे, सोही स्थानका २९ वर्षीय जयबहादुर परियार रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । तीनै जना घाइतेको रामपुर अस्पतालमा सामान्य उपचार पछि जिल्ला पठाइएको अस्पतालले जनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो।
रामपुर नगरपालिका ६ विजयपुरबाट ८ भुजाततर्फ जादै गरेकाे र विपरित दिशाबाट आउदै गरेकाे माेटरसाइकल मंगलबार बेलुका एक आपसमा ठाेक्किएका हुन् । दुवै माेटरसाइकल नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।