2

Logo २०८३ बैशाख १३ आइतबार
देशभर डेङ्गु संक्रमण बढ्यो

देशभर डेङ्गु संक्रमण बढ्यो


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
722

काठमाडौं

देशभर डेङ्गुको संक्रमण बढ्दै गएको छ । प्रायः तराई मुलमा मात्र देखिने डेङ्गु पछिल्लो समय पहाडमा पनि बढ्दै गएको हो । हाल पहाडी जिल्लामा समेत डेङ्गुका बिरामी बढेका छन् । राजधानीमै दैनिक हस्पिटल भर्ना हुने बढेका छन् ।

यो वर्ष डेङ्गुको सङ्क्रमण फैलिने जोखिम हुदैभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भदौ, असोज र कात्तिक डेङ्गुका लागि उच्च जोखिमका महिना रहेको बताइएको छ । डेङ्गु ज्वरो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ ।

डेङ्गुको सङ्क्रमण देखिए एक्कासि ज्वरो आउने र ज्वरो पाँच सात दिनसम्म रहने, आँखाका गेडी तथा टाउको दुख्ने, शरीर कटकट दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखापर्नेछ ।

गत साउन महिनामा मात्र मात्र ७६ जनामा चितवनमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । ९ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा ६ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा सङ्क्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढी रहेको छ ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिवनगर, माडी लगायतका अस्पतालमा डेङ्गु रोगको परीक्षण हुँदै आएको  छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालीदास अधिकारीले अहिले दिनहुँजसो डेङ्गुका बिरामी अस्पताल आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलाको भन्दा अहिले डेङ्गुका बिरामीको सङ्ख्या बढ्दो छ ।”

अधिकारीका अनुसार अहिले डेङ्गुका बिरामीको वृद्धिदर पाँचदेखि सात प्रतिशत छ । डेङ्गु रोगको सङ्क्रमणबाट बच्नका लागि पूरा बाहुला भएको कपडा लगाउने, झुलभित्र सुत्ने, घर वरिपरि सरसफाइ गर्नुपर्ने उहाँले बताउनुभयो । घर वरिपरि भएका खाल्डा पुर्ने र पानी जम्ने ठाउँ भए त्यहाँ हप्तामा एक पटक मट्टितेल छर्कने गर्नुपर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com