2

Logo २०८३ बैशाख १३ आइतबार
आज ऋषिपञ्चमी, देशभर सामुहिक पञ्चमी घुमेर मनाइयो

आज ऋषिपञ्चमी, देशभर सामुहिक पञ्चमी घुमेर मनाइयो


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
708

काठमाडौं ।

आज देशभर हिन्दु महिलाहरुले ऋषिपञ्चमी पुजा गरेका छन् । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी बिहिबार हिन्दु महिलाहरूले सप्तऋषिको पूजा आराधना गरी मनाए।

महिलाले ऋषिपञ्चमीको दिन बिहानै नजिकको नदी, खोला, ताल, तलैया, कुवा तथा पोखरीमा गई अमलाको माटो, तुलसीको माटो, हलोको माटो, देवलको माटो, गाइको गोबर  सहित विभिन्न थरिका आस्था जोडिएका बस्तुले ३ सय ६५ पटक नुहाई कुश,सुन सहितको शुद्द पानी शरीरमा खन्याई शुद्ध बनेका छन् । ३ सय ६५ वटा दतिवनले दाँत माझेका छन् । पन्चमीमा नुहाउनु कर्ममा बिश्वास राखेर पुजा गर्नेहरु पछिल्लो समय बढेका छन् ।

मुलुकभरका ऋषेश्वर मन्दिरमा बिहिबार बिहानैदेखि श्रद्धालु महिला भक्तजनको भीड लागेकाे थियो। चोक चौतारो खुला स्थलमा सप्तऋषिको पुजा गर्नेहरुको चहलपहल आज दिनभरी नै देखिन्थ्यो ।

त्यसैगरी, आजकै दिन ऋषेश्वर मन्दिरहरूमा सामूहिक पञ्चमीको पूजासमेत हुने गर्छ । पञ्चमीको पूजामा विशेषगरी दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गर्ने प्रचलन रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com