2

Logo २०८३ बैशाख १३ आइतबार
यस बर्षको मदन पुरस्कार “अग्नि” र जगदम्बा पुरस्कार “उदय”का सम्पादक श्रेष्ठलाई

यस बर्षको मदन पुरस्कार “अग्नि” र जगदम्बा पुरस्कार “उदय”का सम्पादक श्रेष्ठलाई


Sabalnews प्रकाशित मिति : शनिबार, भाद्र ११ २०७९
785

काठमाडौं

यस वर्षको मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई र जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले लम्सालको कृति अग्निलाई मदन पुरस्कार र श्रेष्ठलाई जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो । यी दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

यस वर्ष मदन पुरस्कारको सर्ट लिस्टमा ८ पुस्तक परेका थिए । जसमा लम्सालको अग्नि सहित डा. दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती : इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली थिए ।

साहित्यिक पत्रकारितामा लामो योगदान पुर्याउनुहुने वरिष्ठ साहित्यिक पत्रकार श्रेष्ठ उदयका प्रधान सम्पादक हुन् । वि.सं.१९९३ सालदेखि हालसम्म बनारसबाट ‘उदय’ साहित्यिक पत्रिका प्रकाशन भएको छ ।

सन् १९३९ मा जनकपुरमा जन्मिएका साहित्यकार श्रेष्ठ सानै उमेरमा आफ्ना बाबु काशीबहादुर श्रेष्ठका साथ बनारसको चौखम्बा पुगेर स्थायी बसोबास गर्दैआएका हुन् । काशीबहादुरले प्रकाशन थालेको ‘उदय’ साहित्यिक पत्रिका पिताको निधनपछि दुर्गाप्रसादले प्रकाशन निरन्तरता दिदैआएका छन् । उक्त पत्रिका हालसम्म १ सय ६५ औ अंक बढी प्रकाशित छ ।

साहित्यकार दुर्गाप्रसादका नेपाली भाषामा ‘सम्झनाको बादल’ र ‘सोनिया’ कथासंग्रह, ‘चण्डीघोष स्ट्रीट’, ‘बागमती साँक्षी छ’, ‘उसको अन्तहीन कथाहरू’ र ‘कोसेली’ उपन्यास तथा ‘देश–देशान्तर’ यात्रा संस्मरण कृति प्रकाशित छन् । त्यसैगरी हिन्दी भाषामा ‘सत्तारे मौसी’ कथासंग्रह, मराठी भाषामा ‘आठव मेघ’ कथासंग्रह प्रकाशित छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com