2

Logo २०८३ बैशाख १३ आइतबार
गर्भवती लक्षित भिडियो एक्सरे सेवा निस्दीमा

गर्भवती लक्षित भिडियो एक्सरे सेवा निस्दीमा


होम राई मगर प्रकाशित मिति : शनिबार, भाद्र ११ २०७९
876

पाल्पा ।

जिल्लाको निस्दी गाउँपालिका पाल्पामा गर्भवती लक्षित ग्रामीण भिडियो एक्सरे शुरु भएको छ ।

गर्भवती लक्षित ग्रामीण भिडियो एक्सरे शुभारम्भ गर्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले ग्रामीण समुदायका गर्भवती महिलाहरुलाई आफ्नै स्वास्थ्य चौकीमा नि:शुल्क रूपमा भिडियो एक्सरे सेवा प्रदान गर्ने योजना अनुरुप कार्यक्रम सन्चालन गरिएको बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले आफ्नै गाउँ-ठाउँमा आएको सेवा सुबिधा लिन कन्जुस्याइँ नगर्न महिलाहरुलाई आग्रह गर्नुभयो । निस्दीबासीको सुरक्षित जिवनका लागि  स्वास्थ्य सेवा सन्चालन र व्यवस्थापन गर्न गाउँपालिका सदैव तत्पर रहेको श्रेष्ठले बताउनुभयो ।

मित्याल स्वास्थ्य चौकीमा सन्चालन गरिएको भिडियो एक्सरे संचालनमा १३ जना गर्भवती महिलाहरुले भिडियो एक्सरे सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशाले बताउनुभयो ।

जिल्लाको बिकट निस्दी गाउँपालिकामा भौगोलिक हिसावले राम्रो स्वास्थ्य सेवा अझ पुग्न सकेको छैन । प्रत्येक महिनाको एक-एक दिन निस्दीको सातै वडामा भिडियो एक्सरे संचालन गर्ने गाउँपालिकाको योजना छ ।

यही १२ गते आइतबार अर्चले र १३ गते ज्यामिरेमा भिडियो एक्सरे सेवा सन्चालन गरिने प्रमुख दिसाले बताउनुभयो ।

मित्याल स्वास्थ्य चौकी व्यवस्थापन तथा रेखदेख सन्चालन समितिका अध्यक्ष सन्तबिर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रमको संचालन स्वास्थ्य प्रमुख दिसाले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com