2

Logo २०८३ बैशाख १३ आइतबार
निर्वाचन केन्द्रित ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ जिल्लामा काङ्ग्रेसले खटायो प्रतिनिधि

निर्वाचन केन्द्रित ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ जिल्लामा काङ्ग्रेसले खटायो प्रतिनिधि

को- को कहाँ खटिए केन्द्रिय प्रतिनिधि

Sabalnews प्रकाशित मिति : बुधबार, भाद्र ८ २०७९
673

काठमाडौं

आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

आगामी मंसिर ४ गतेलाई तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियानको लागि केन्द्रिय सदस्यलाई जिल्लामा खटाएको हो।

भदौ १० गतेदेखि सुरू हुने अभियान ३ चरणमा सकिनेछ । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार- प्रसार तथा संगठन सुदृढीकरण र गठबन्धनको सकारात्मक बारे चर्चा गरिनेछ ।

जिल्ला खटाइएका केन्द्रीय प्रतिनिधिहरू दुई दिन अघि नै जिल्ला पुग्नुपर्नेछ । प्रवक्ता महतले सम्बन्धित जिल्लामा रहेका सबै निर्वाचन क्षेत्रमा पुगेर त्यहाँ पार्टीको संगठन र वस्तुस्थितिको यथार्थ बुझेर आउन केन्द्रीय प्रतिनिधिहरू परिचालित गरिएको बताउनुभयो ।

त्यस्तै, सम्बन्धित जिल्लामा गठबन्धन दलहरूबीच समन्वय र सहकार्यको स्थिति मूल्यांकन गरी थप सहजीकरण गर्न समेत पार्टीले प्रतिनिधिलाई निर्देश गरेको छ ।

कुन जिल्ला को खटिए प्रतिनिधि ?

ताप्लेजुङ्ग: आङ्गेलु शेर्पा

पाँचथर: प्रदीपकुमार सुनुवार

इलाम: महेन्द्रकुमारी लिम्बु

झापा: डिला संग्रौला

संखुवासभा: उमेशजंग रायमाझी

तेह्रथुम: लक्ष्मी परियार

भोजपुर: भीम पराजुली

धनकुट: राजीव ढुंगाना

मोरङ: ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी: अमृत अर्याल

सोलुखुम्बु: कल्पना चौधरी

खोटाङ: तारामान गुरुङ

ओखलढुंगा: लक्ष्मी खतिवडा

उदयपुर: बलबहादुर केसी

सप्तरी: आनन्दप्रसाद ढुंगाना

सिरहा: महेन्द्रकुमार राय

धनुषा: नगिना यादव

महोत्तरी: मञ्जु खाँण

सर्लाही : दिनेशकुमार यादव

रौतहट : अजयकुमार चौरासिया

बारा : रमेश रिजाल

पर्सा : पद्मनारायण चौधरी

दोलखा : शान्ति परियार

रामेछाप : हरिशरण नेपाली

सिन्धुली : दिलमान पाख्रिन

रसुवा : राजेन्द्र केसी

धादिङ : मदनकृष्ण श्रेष्ठ

नुवाकोट : मदनबहादुर अमात्य

सिन्धुपाल्चोक : बहादुरसिंह लामा

काभ्रे : रमा कोइराला

चितवन : श्यामकुमार घिमिरे

मकवानपुर : उमेश श्रेष्ठ

भक्तपुर : अम्बिका बस्नेत

ललितपुर : नानु बास्तोला

काठमाडौं : जीतजंग बस्नेत

गोरखा : ध्रुव वाग्ले

लमजुङ : शंकर भण्डारी

तनहुँ: सुरेन्द्रराज पाण्डे

कास्की: प्रदीप पौडेल

मनाङ : गुरु बराल

मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल

पर्वत : चम्पादेवी खड्का

स्याङजा : चिनकाजी श्रेष्ठ

म्यादी : दिनेश कोइराला

बाग्लुङ : अब्दुल सतार

नवलपुर : सरस्वती अर्याल

नवलपरासी : मानबहादुर नेपाली

रुपन्देही : योगेन्द्र चौधरी

कपिलवस्तु : चन्द्रबहादुर केसी

पाल्पा :अब्दुल रञ्जाक

अर्घाखाँची : गोविन्दराज पोखरेल

गुल्मी : देवेन्द्रराज कँडेल

रुकुम पुर्व : धना खतिवडा

रोल्पा : मैकुलाल बाल्मीकी

प्युठान : जावेदा खातुन जागा

दाङ : गोपाल दहित

बाँके : दिपक गिरी

बर्दिया : गेहेन्द्र गिरी

रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे

सल्यान : सीता देवकोटा

जुम्ला : रंगमति शाही

मुगु : कान्तिका सेजुवाल

कालिकोट : जानकी सिंह

जाजरकोट : सिताकुमारी राना

दैलेख : राजीवविक्रम शाह

सुर्खेत : सञ्जयकुमार गौतम

बाजुरा : अर्जुनजंगबहादुर सिंह

बझाङ : गोविन्दबहादुर शाह

डोटी : नृपबहादुर वड

अछाम : रणबहादुर रावल

दार्चुला : यज्ञराज जोशी

बैतडी : रमेश लेखक

डडेलधुरा : ईश्वरी न्यौपाने

कञ्चनपुर : रामजनम चौधरी

कैलाली : एनपी साउद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com