बन्दको मौकामा बिमा तार्गेट गर्दै चालक सह- चालकले लगाएका थिए गाडीमा आगो
दाङ ।
नेपाल बन्दको मौका छोपेर चालक र सहचालकले टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बन्दमा गुडेको टिप्परमा बिहानै आगजनी भन्दै समाचार आएकोमा चालक राप्ती गाउँपालिका-८ पिपरी निवासी ३२ बर्षिया अरुण चौधरी र सह-चालक गढवा गाउँपालिका-७ चन्दनपुर निवासी १७ बर्षिया आकाश चौधरीले आफैले टिप्परमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले बताउनुभयाे ।
‘बन्दको मौका छोपेर लाभ उठाउने गरी आफै आगजनि गरेको खुलेको हो, ‘बिमा दावि गर्न आफैले आगो लगाएका हुन्- गौतमले भन्नुुुभयो । घोराही-लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा घटना शंकास्पद भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
एक ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । चालकले समुहमा आएका बन्दकर्ताले आगजनि गरेको बताएका थिए ।तर नेकपा माओवादी दाङका जिल्ला सेक्रेटरी प्रदिप वलीले टिप्पर आगजनिमा आफूहरूको संलग्नता नरहेको बताउनुभयो ।