2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल बन्दको प्रभाव: दाङमा बिहानै गाडीमा आगजनी

नेपाल बन्दको प्रभाव: दाङमा बिहानै गाडीमा आगजनी


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र ७ २०७९
953

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी सहितको चार दलीय संयुक्त मोर्चाले गरेको नेपाल बन्दको प्रभाव धेरै ठाउँमा परेको छ ।

बन्दले मुख्य शहरमा छिटफुट सवारी साधन चलेका छन् भने ग्रामीण भेगमा सुनसान छ । काठमाडौंमा बन्दको प्रभाव सामान्य परेको छ । बन्दको पुर्वसन्ध्यामा हिजो साझ बन्दकर्ताले मसाल जुलुस निकालेका थिए ।

देशको राजधानी काठमाण्डौ सहित बुटवल, पाल्पा, धनगढी, सुर्खेत लगायत जिल्लाका अन्य बजार क्षेत्रमा पनि जुलुस निस्केको थियो ।

नेपाल कम्युनिष्ट पार्टी संगको ३ बुँदे सहमति अनुसार प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले बन्दी रिहाई र झुठा मुद्दा खारेज नगरेको, सरकारले दिन प्रतिदिन राष्ट्रघात गर्दै आएको र मूल्यवृद्धि आकासिनु लगायतका विरोधमा बन्दको आह्वान गरेको हो । मोर्चाले बिरोधको कार्यक्रम भदौ १ गतेदेखि नै चरणबद्ध संघर्षका रुपमा गर्दै आएको थियो ।

विप्लव नेकपा सहितको चार कम्युनिस्ट पार्टीले एमसीसी, एसपीपी र पक्राउ पुर्जीका विरुद्ध चरणबद्ध संघर्ष गर्ने जनाउदै आएको छ । विप्लव नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्क बहादुर विश्वकर्मा “प्रकाण्ड”सहित नेताहरुमाथि जारी गरेको पक्राउ पुर्जीका विरुद्ध चार पार्टीले आक्रामक संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बन्द सफल बनाइदिन आग्रह सहित निकालेको बिज्ञप्तिमा सरकारको निरन्तर देशप्रति घात र मूल्य वृद्धि र सहमति अनुसार नहुनुले संघर्ष गर्न बाध्य भएको उल्लेख छ ।

बिज्ञप्तिमा नेकपा महासचिव विप्लव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति, नेकपा अध्यक्ष ऋषि कट्टेल र नेकपा माओवादी (समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकीको संयुक्त हस्ताक्षर छ।

यसैबिच, बन्दकर्ताले दाङमा बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् । ४/५ जनाको समुहमा आएका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरुको खोजि सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com