2

Logo २०८३ बैशाख १३ आइतबार
नागरिकता विधेयक २०७९ राष्ट्रिय सभाबाट पारित हुन कम्तीमा एक साता लाग्ने

नागरिकता विधेयक २०७९ राष्ट्रिय सभाबाट पारित हुन कम्तीमा एक साता लाग्ने


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र ७ २०७९
876

काठमाडौं

नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ।

प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस् भनेर फिर्ता पठाएकोमा पारित भएको थियो । राष्ट्रिय सभाको बैठक आगामी भदौ १२ गते मात्र बोलाइएको छ । उक्त विधेयक राष्ट्रिय सभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रिया ढिलो हुने भएको हो ।

राष्ट्रिय सभाको सोमबारको बैठक शनिबार राति निधन हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेर सकिएको थियो । प्रतिनिधिसभाको बैठक भने मंगलबार नै बस्दैछ ।

राष्ट्रपतिसमक्ष दुवै सदनले पारित गरेको नागरिकता विधेयक यसअघि गत साउन १४ गते प्रमाणीकरणका लागि पठाइएको थियो। राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै गत साउन २९ गते संसदमा नै फिर्ता पठाउनुभएको थियो ।

राष्ट्रपतिले नागरिकता विधेयकको संवेदनशीलतालाई औंल्याउँदै केही पक्षमा पुनर्विचार गर्न पठाएकोमा प्रतिनिधिसभाले भदौ २ गते जस्ताको तस्तै पारित गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com