2

Logo २०८३ बैशाख १३ आइतबार
डिभिजन वन कार्यालयको पहलमा पर्यटन प्रबर्द्धनका लागि शहिद स्मृति पार्क

डिभिजन वन कार्यालयको पहलमा पर्यटन प्रबर्द्धनका लागि शहिद स्मृति पार्क


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र ७ २०७९
1.3K

पाल्पा ।

स्थानीय सामुदायिक वनको नेतृत्वमा पाल्पा रामपुरको बोहरीडाडामा शहिद स्मृती पार्क निर्माण भएको छ ।

डिभिजन वन कार्यालय पाल्पा र रामपुर सव डिभिजन वन कार्यालयको व्यवस्थापन सहयोगमा रामपुर नगरपालिका ३ को सानीअमराई सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवर्द्धनको लागि सहिद पार्क बनाइएको बन समुहले जनाएको छ ।

केन्द्रिय बजेट अन्तर्गत जिल्ला वन कार्यालयको १४ लाख ४२ हजार र स्थानियको १ लाख ४५ हजार सहयोग श्रमदान गरि करिब १५ लाख ८७ हजार रुपैया लागतमा पार्क निर्माण भएको जिल्ला वन कार्यालय पाल्पाका डिभिजन वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

पार्क उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य दलबहादुर रानाले शहिदहरुको सम्झनाका लागि निर्माण गरिएको पार्कले पर्यटकीय विकास भएको बताउनुभयो । वडा नम्बर ३ को बन क्षेत्रमा रहेको खुला चौरको एकातर्फ बनाइएको पार्कले चौरलाई शोभनीय मात्र नबनाई स्वास्थ्य शहरी केन्द्र, आमा भवन र नियमित गरिने कार्यक्रमलाई समेत शोभा दिने बताउनुभयो । अन्य संरचना थप्दै जानुपर्छ रानाले भन्नुभयो- सोचेभन्दा राम्रो पार्क बनाउन सहयोग गर्ने डिभिजन वन कार्यालय पाल्पालाई स्थानीयले जति धन्यवाद दिएपनि त्यो कम हुन्छ ।

डिभिजन वन कार्यालय पाल्पाका डिभिजन वन अधिकृत दिपक ज्ञवालीले सामुदायिक बनको संरक्षणसँगै बनक्षेत्रको सौद्धर्यले पनि पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । सामुदायिक वनको विकास, पर्यटनसँग जोड्न सके आम्दानी समेत लिन सकिने उहाँको भनाई छ। “हामीले वन मात्र संरक्षण गरेका छौ, वनलाई आम्दानीको बाटो निकै कम ठानेका छौं,ज्ञवालीले भन्नुभयो-जिल्ला डिभिजन वन कार्यालय अब वन समूह र उपभोक्ताको आम्दानी कसरी गर्न सकिन्छ भन्नेमा लागेर पर्यटन, फलफुल खेती, जडिबुटी उत्पादनमा जोड दिएको छ ।

सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालका सामुदायिक वनले वातावरण र उपभोक्तामा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
रामपुर नगरपालिका वडानम्बर ३ का वडाअध्यक्ष दामोदर पाठकले सामुदायिक वन प्रति उपभोक्ता र नागरिकको सकारात्मक धारणाले नै नेपालमा वन र वनले उपभोक्तालाई बचाईराखेको उल्लेख गर्नुभयो ।

शहिद स्मृति पार्क निर्माण समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठले पार्क यस भेगको गहना भएको बताउनुभयो । वन वरिपरी पार्क बनेपछि पाइने सुन्दरता र यसलाई अझ मलजल गरि नियमित पार्कमा आउने जाने वातावरण बनाईराख्न अझ व्यवस्थित गर्दै जाने बताउनुभयो । पार्क उद्घाटनमा पुग्ने जिल्ला र नगरको टोलीलाई वन समुहले पन्चेबाजाले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com