2

Logo २०८३ बैशाख १३ आइतबार
डा.नवराज लम्सालको “अग्नि” महाकाव्यले पायो चिसाप राजकृष्ण- मायादेवी साहित्य पुरस्कार

डा.नवराज लम्सालको “अग्नि” महाकाव्यले पायो चिसाप राजकृष्ण- मायादेवी साहित्य पुरस्कार


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र ७ २०७९
1.5K

चितवन

चितवन साहित्य परिषद्ले यस बर्षको चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार २०७९ डाक्टर नवराज लम्सालको पुस्तक`अग्नि´लाई प्रदान गर्ने भएको छ ।

३५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको सो पुरस्कार सोमबार बसेको परिषद्को बैठकले लम्सालको महाकाव्य अग्निलाई दिने निर्णय गरेको हो ।

यो पुरस्कार चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष स्वर्गीय राजकृष्ण कँडेल र उनकी धर्मपत्नी मायादेवीको नाममा उनका परिवारले स्थापना गरेका हुन् ।

पुरस्कार १५७ औं मोती जयन्तीको अवसरमा आगामी शुक्रबार आयोजित विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने चितवन साहित्य परिषद्का सदस्य बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

महाकाव्य “अग्नि” ले अघिल्लो साता लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीद्दारा ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९’ र जनपुस्तकालय धनगढीबाट जसुन्धरा राष्ट्रिय छन्द पुरस्कार समेत पाएको छ ।

अग्नि महाकाव्य प्रतिष्ठित मदन पुरस्कार र पद्मश्री पुरस्कारको मनोनयनमा अग्र साथमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com