2

Logo २०८३ बैशाख १३ आइतबार
आज थप ६५८ मा कोरोना संक्रमण, १ जनाको ज्यान गयो

आज थप ६५८ मा कोरोना संक्रमण, १ जनाको ज्यान गयो


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र ६ २०७९
736

काठमाडौं

देशभर थप ६ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ८१ पीसीआर परीक्षण गर्दा ४सय ५ जना र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण गर्दा २ सय ५३ जना गरी ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा १ जनाको ज्यान गएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५६ जना संक्रमित निकाे भएका छन्

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् । जसमध्ये १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा उपचाररत रहेका छन् । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार ९ सय ४० पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com