2

Logo २०८३ बैशाख १३ आइतबार
निवर्तमान नगरप्रमुख उपप्रमुख सहितका एमाले नेताहरु एकीकृत समाजबादीमा प्रबेश

निवर्तमान नगरप्रमुख उपप्रमुख सहितका एमाले नेताहरु एकीकृत समाजबादीमा प्रबेश


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र ६ २०७९
701

पाल्पा ।

पाल्पाको तानसेन नगरपालिकाका निवर्तमान  प्रमुख, उपप्रमुख सहितका जिल्लाका नेताहरु नेकपा एकीकृत समाजबादीमा प्रबेश गरेका छन् ।

उनीहरुलाई नेकपा एसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले खादा ओढाएर सम्मान सहित पार्टीमा स्वागत गर्नुभयो ।

एमाले छोडेर एकीकृत समाजवादीमा प्रबेश गर्नेहरु तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठक, कार्यपालिका सदस्य भीमबहादुर कुमाल, वडा सदस्य शिव थापा, विनिता लुँइटेल, नेता माधवप्रसाद पाठक लगायतका नेता कार्यकर्ता छन्।

नवप्रवेशीलाई स्वागत गर्दै वरिष्ठ नेता खनालले पाल्पा जिल्ला कम्युनिस्टको क्षेत्र भएकाले संगठन सुधारमा लाग्न अनुरोध गर्नुभयो । एमालेभित्र संगठन सुदृढीकरण, वैचारिक वहस र सुझावलाई निषेध गर्ने काम भएको उल्लेख गर्नुभयो ।
पुर्व नगरप्रमुख शाहीले एमाले दम्भ र अहंकारको कारण खस्किएको र मनपरी बोल्ने प्रबृत्तिले सकिने बताउनुभयो ।
पूर्व उपप्रमुख लक्ष्मी पाठकले एमालेमा नाता कृपाबाद र दलालीकरण बढेको बताउनुभयो ।

एमाले छाडेका पूर्वनगरप्रमुख शाही र पूर्व उपप्रमुख पाठक एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

यता, एमाले पाल्पाले भने सोमबार विज्ञप्ति निकाल्दै अन्तरघातीले पार्टी छाडेको जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेका अन्तरघातीहरु पार्टी छाडेर गएको पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तानसेन नगरपालिकामा पार्टीका तर्फबाट पटक पटक लाभको अवसर लिएका तिनै व्यक्तिबाट पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गठबन्धनका उम्मेदवारलाई सघाउने गरी अन्तरघात जस्तो ‘जघन्य अपराध’ गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

जानकारीमुलक पूर्वनगरप्रमुख शाहीको नेतृत्वमा निकालिएको विज्ञप्तिमा उल्लेखित नाम मध्ये अधिकांश व्यक्ति उक्त विज्ञप्तिप्रति असहमति जाहेर गर्दै आफूहरू नेकपा एमाले पार्टीमै दृढतापूर्वक उभिएको जानकारी प्राप्त भएको एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com