2

Logo २०८३ बैशाख १३ आइतबार
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीमा नयाँ नेतृत्व

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीमा नयाँ नेतृत्व


Sabalnews प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
1.1K

बुटवल ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको अध्यक्षमा खिम प्रसाद भट्टराई ( कृष्ण ) निर्विरोध निर्वाचित हुनुभएको छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २३ औं  साधारण सभाले भट्टराईको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पत्रकार कपिल ज्ञवाली, सचिवमा कृष्ण पाण्डे, सह-सचिवमा फुलु सुनार र कोषाध्यक्षमा लिलाधर लुइँटेललाई निर्वाचित गरेको छ । त्यस्तै समिती सदस्यमा अर्जुन कुवर, अर्जुन ज्ञवाली, कृष्ण भण्डारी, मोहनीलाल न्यौपाने, रत्ना कडेंल, केशवराज पाण्डे, सीता पौडेल र नन्दु थापा रहेका छन् । बांकी सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्नेछ । समितिको कार्यकाल २ बर्षको हुनेछ ।

समाज साधारणसभाको उद्घाटन गर्नुहुर्दै लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले शान्तिपुर्ण आन्दोलनले सकारात्मक परिवर्तन गर्ने बताउनुभयो । विश्वमा भएका हिंसात्मक आन्दोलन भन्दा शान्तिपुर्ण आन्दोलनले बिजयी प्राप्त गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले  गान्धि, गौतमबुद्ध र शान्ति समाजका आन्दोलनहरु सधै शान्तिपूर्ण हुने उल्लेख गर्नुभयो।

साधारणसभाको बन्दसत्रमा अध्यक्ष डिपि खनाल र कोषाध्यक्ष धना खनालले प्रस्तुत गर्नुभएको प्रतिबेदन पारित भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com