2

Logo २०८३ बैशाख १३ आइतबार
अंग्रेज युद्धको सम्झनामा आज पाल्पामा भगवती जात्रा मनाइदै

अंग्रेज युद्धको सम्झनामा आज पाल्पामा भगवती जात्रा मनाइदै


Sabalnews प्रकाशित मिति : शनिबार, भाद्र ४ २०७९
848

पाल्पा ।

शनिबार पाल्पामा भव्य भगवती जात्रा मनाईँदैछ ।
कृष्णजन्माष्टमीको दिन रातभर जाग्राम बसी भजन किर्तन गरेर नवमीको दिन भगवती जात्रा निकाल्ने प्रचलन छ ।

वि.सं. १८७१ मा नेपाल-अंग्रेज युद्धमा नेपाली फौजले अंग्रेजलाई हराएको सम्झनामा प्रत्येक बर्ष पाल्पामा भव्य जात्रा निकालिन्छ । प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पामा सार्वजनिक विदा दिदै आएको छ ।

पाल्पाका तत्कालिन समयमा तैनाथ कर्णेल उजिर सिह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा भगवतीको रथको प्रतिमुर्ति निकाली सिन्दूरजात्रा गरिन्छ ।

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले अंग्रेजफौजसँग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि यही मन्दिरमा आएर पुकार गरेको र बिजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेकोले विजय पश्चात जात्रा मनाउन शुरु  गरिएको ईतिहास छ । सो समय पाँच नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजलाई नेपाली फौजले हराएको थियो ।सोही स्मरणमा भगवतीको रथलाई सिन्दूर, अबिर र केशरीले वैदिक पुजापाठ गर्दै तानसेन शहर परिक्रमा गराईन्छ ।
काठमाडौं पछि सबैभन्दा ठुलो जात्रा पाल्पामा निकालिन्छ । बिगतका २ बर्ष कोरोना महामारीका कारण नियमित पुजा बाहेक अन्य जात्रा हुन सकेको थिएन ।

लामो समयपछि हिजो अष्टमीको रातमा भक्तजनको निकै उत्साह बढेको राजेश्वर उदयले बताउनुभयो । यस बर्ष भगवतीजात्रा हेर्न तानसेन आउने श्रद्दालु भक्तजनहरूकाे घुइचाे लाग्ने बिश्वास लिइएको छ ।

धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा विकसित जात्रामा तानसेनको भगवतीटोलमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गरिन्छ । जात्रा वि.सं. १८७६ देखि मनाउन सुरु गरिएको हो । रथयात्रा तानसेनका सबै चोकहरुमा पुर्‍याई पुनः मुर्ति मन्दिरमै फर्काइने चलन छ । कुमाल समुदायका युवाहरुले रथ शहरका विभिन्न स्थानमा पुर्‍याउने गर्दछ्न् ।

जिल्लाका सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी र्‍यालीमा प्रदर्शन गर्दछ्न् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com