आज कृष्ण जमाष्टमी, देशभरका कृष्णमन्दिरमा भक्तजनको भिड
काठमाडौं ।
आज श्रावण कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी ।
हिन्दु धर्मालम्बीहरु भगवान् श्रीकृष्णको पुजाआजा गरि आज जन्माष्टमी पर्व मनाउदैछन् ।
द्धापर युगको रक्षकका रुपमा रहेका भगवान् कृष्णको पुजाआराधना गर्ने प्रचलन छ । कंशले आफ्नी बहिनी देवकीको सन्तानबाट आफ्नो मृत्यु हुुने भविश्यवाणी सुनेर बहिनी ज्वाईलाई कैद गरेका थिए । बासुदेव र देवकीको लगातार सात सन्तानको बद गरेका कंशलाई आठौं सन्तान कृष्णले संहार गरेर बिजय सुनिश्चित गरे । बाल्यकालदेखि नै बिभिन्न लिला देखाएका श्रीकृष्णले कंश, पुतना र शिशुपालजस्ता दानवको संहार गरेका थिए ।
आज ललितपुरको कृष्ण मन्दिरमा ठुलो मेला लाग्दछ । अन्य मन्दिरमा झाँकी र शोभा यात्रा निकालिन्छ भने देशभरका कृष्ण मन्दिरमा पुजा आजा गरिन्छ । भगवान् बिष्णुको आठौं अबतारका रुपमा द्धापर युगमा भगवान् श्रीकृष्णको जन्म भएको हो । मथुुरामा मध्यरातमा भगवान् कृष्णको जन्मभएकोले भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमी भनिएको हो भने रातलाई मोहरात्री भनिन्छ । यसरी आजकै दिन श्रीकृष्ण भगवानको जन्म मध्यरातमा देवकीको कोखबाट भएको खुशीयालीमा देशभरका कृष्ण मन्दिरमा पुजाआजा प्रवचन सहित जाग्राम बसी मध्य रातमा भगवान् कृष्णको रुपमा बच्चालाई कृष्णको भेषभुषामा सजाएर कृष्ण उत्पत्ति गराउने प्रचलन छ । कृष्ण भक्तिभाव सहित आज बिहानै देखि देशभरका कृष्ण मन्दिरमा घुइचो लागेको छ ।
अन्याय, अत्याचार र राक्षसी प्रबृत्तिबाट संसारलाई मुक्त बनाउन द्धापरयुगमा भगवान् बिष्णुले कृष्णको रुपमा जन्मलिएको धर्मशास्त्रमा उल्लेख छ । श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्ममा मानव समुदायलाई प्रेरित गरको स्मरणमा कृष्णजन्माष्टमीका दिन हिन्दु धर्मालम्बीले बिशेष श्रद्धापुर्वक उनको पुजा अर्चना गर्ने प्रचलन बसेको हो ।
कुरुक्षेत्रमा कौरवसँगको लडाईमा पाण्डव मध्य अर्जुनलाई श्रीकृष्णबाट व्यक्त उपदेश श्रीमद्भागवत गीता हिन्दुधर्मको पवित्र ग्रन्थ हो ।