प्रख्यात आलमदेवी मन्दिरमा नयाँ नेतृत्व
स्याङ्जा ।
स्याङ्जाको ऎतिहासिक आलमदेवी मन्दिर ब्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ ।
आगामी दुई वर्षका लागी पृथ थापामगर (प्रित)को अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो । मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा टोप बहादुर राना, सचिवमा दिपक प्रसाद घिले, सचिव रेमन सिंह थापा, कोषाध्यक्ष कोमल राना र सदस्यमा नन्दी राना, खड्क बहादुर आले, युगेश राना, समिर थापा, रुकमाया राना, पूर्णकला बिक, सिता राना, मिलन राना, विशाल थापा र राधा थापा रहेका छन् ।
निर्वतमान अध्यक्ष प्रेम सिं रानाले प्रख्यात मन्दिरको प्रचार, व्यबस्थापन र नियमित पुजा चलाउन साथै आवश्यक संरचना विकासमा काम गरिएको र अब पनि निरन्तर साथ रहने बताउनुभयो । नवविर्वाचित कार्यसमितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिदै निवर्तमान अध्यक्ष प्रेम रानाले आफ्नो ठाउँको चिनारी र विकासमा सबै एक साथ हुनुपर्नेमा जोड दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष पृथ थापाले यस अघिका समितिले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै सोही सहयोगको अपेक्षा सहित समितिले गरेका राम्रा कामलाई निरन्तरता दिदै जाने प्रतिबद्धता जनाउनुभयो। आलमदेवीको गरिमा र महिमालाई अझै प्रगाढ बनाउँदै धार्मिक पर्यटनको विकासमा निरन्तर रुपमा अघि बढ्ने अध्यक्ष थापाको भनाई छ ।
स्याङ्जाको दक्षिणपश्चिम कालीगण्डकी गाउँपालिका ३ लसर्घामा रहेको आलमदेवी मन्दिर झण्डै ३ सय ७२ वर्ष पुरानो हो । यो मन्दिर शाह बंशीय कुलदेवताको मन्दिर हो ।