आज ऋषितर्पणी अर्थात् जनैपुर्णिमा देशभर मनाइदै
काठमाडौं ।
देशभर जनै लगाउनेहरुले श्रावण शुक्ल पुुर्णिमाका दिन आज क्रृषिहरुको सम्झना गर्दै घर नजिकको जलाशय तथा धारोमा गई माटो, गोबर, कुश, खरानी र अपामार्गले स्नान गरी बिशेष मन्त्रले जपिएको जनै लगाई मनाउदैछन् ।
यसैगरी हिन्दु धर्मालम्बीहरुले पुरोहितद्धारा मन्त्र जपिएको जनै र रंगी बिरंगी धागो पुरोहित, ज्वाई, भानिज मार्पmत बाध्न लगाएका छन् । ‘यन बद्धो बलिराज दानबेन्द्रो महाब तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासुत्र रक्षाबन्धन बाध्ने परम्परा छ । यसरी धागो बाध्नाले शरीरमा रोग तथा अन्य खतराबाट सुरक्षा पाइन्छ भन्ने बिश्वास रहेको छ । रक्षाबन्धन बाध्नाले दैत्यराज बलीको दामचिन्ता र शक्ति निष्ठा स्मरण गराउने मत्र बाचन गरिन्छ । आजकै दिन सप्तर्षि कश्यप, भारद्धाज, गौतम, अत्रि, बशिष्ठ, बिश्वामित्र, जमदग्नी र अगस्त्य लगायतका क्रृषिहरुलाई तर्पण दिने चलन रहेकोले यस पर्वलाई क्रृर्षि तर्पणी भन्ने गरिएको हो ।
जनैका २ शिखा मध्ये एउटा शिखाका तिन डोरीलाई ब्रह्मा, बिष्णु र महेश्वरको प्रतिकका रुपमा र अर्काे शिखाको तिन डोरालाई कर्म, उपासना र ज्ञान त्रियोगका रुपमा मानिन्छ । सत्ययुगमा दानवद्धारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरि बलशाली दानवराज बली बाधिए, त्यसैले म तिमीलाई बाध्छु यसले तिमी सुरक्षित बन र बिचलित नहोउ भनी डोरी बाधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा रहेको हो ।
आज बाधिएको डोरो गाईतिहारको दिन गाईको पुच्छरमा बाध्नाले मृत्यु पछिको बैतर्ने पार होइन्छ भन्ने धार्मिक बिश्वास छ भने मन्त्रबाट जपिएको डोरो कसैले भाईतिहारमा सोही डोरोमा माला उनेर दाजुभाई दिदीबहिनीलाई लगाइदिने चलन छ ।
कृषि प्रधान देश हाम्रो मुलुकमा खेतीपातीको र बर्षायामको हिलो पानीले अवस्थ, गर्मी, सर्दी भएर प्रभावित भएको शरीरलाई पुनः उर्जा दिन ११ जातका अंकुर गेडागुडी मिसाएर पकाएको पौष्टिक परिकार क्वाती खाने गरिन्छ । बिशेष गरि नेवार समुदायमा मनाउने यो पर्वलाई गुनपुमी भनिन्छ ।