2

Logo २०८३ बैशाख १३ आइतबार
बिरामी बुवा भेट्न जादा ट्याक्टरको ठक्करबाट छोराको मृत्यु सुनेका बाबुको पनि ज्यान गयो

बिरामी बुवा भेट्न जादा ट्याक्टरको ठक्करबाट छोराको मृत्यु सुनेका बाबुको पनि ज्यान गयो


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९
1.9K

स्याङ्जा ।

स्याङ्जाको चापाकोट नगरपालिकामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पाल्पाको रामपुरमा होटेल व्यबसाय गर्दै आएका  ४५ वर्षीय लोक बहादुर कुँबर चापाकोट नगरपालिका १० भुमरीघाट घर जाने क्रममा चापाकोट ८ मा ट्याक्टरले ठक्कर दिएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय चापाकोटका डिएसपी खर्क नारायण शाहले जानकारी दिनुभयो ।

कुँवर विरामी बुबालाई भेटन् घर जाने क्रममा बुधबार साझ झण्डै ८ बजे चापाकोट ८ क्वामी मिदुवामा ट्याक्टरले ठक्कर दिएको थियो । उनको  चापाकोट अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि पोखरा लगिएकोमा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर र चालकको खोजी भइरहेको जनाएको छ ।

बिरामीलाई भेट्न घर आउदै गरेका छोरालाई ट्याक्टरले ठक्कर दिएको घटना सुनेपछि कुवरको बुबाको पनि बुधबार राति मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com