2

Logo २०८३ बैशाख १३ आइतबार
एन्फाको बैठक आज बस्दै, पटक-पटक स्थगित बैठकमा आज के होला?

एन्फाको बैठक आज बस्दै, पटक-पटक स्थगित बैठकमा आज के होला?


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९
841

काठमाडौं ।

दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बस्दैछ ।

बिहान १० बजे एन्फाको मुख्यालय सातदोबाटोमा बस्ने बैठकमा पदाधिकारी भागवण्डाको बिषय पनि रहेको छ । पटक- पटक सारिएको बैठकमा आज २२ एजेन्डा छन् ।
यसअघि दुई पटक डाकिएको बैठक स्थगित भएको थियो । साउन पहिलो साता नै २ बैठक बोलाइएकोमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि पहिलो बैठक स्थगित गरिएको थियो भने दोस्रो बैठक पनि स्थगित भएको थियो ।

पछिल्लो समय पदाधिकारी भागबन्डा नमिल्दा बैठक स्थगित हुँदै आएको टिप्पणी छ ।  ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएका नेम्बाङ आफ्नो चुनावी अभियानमा सहयोग गर्नेलाई खुशी पार्ने मनसायमा रहनुभएको छ।  आफू अनूकुल महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गर्नुभएको छ ।

चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाँडेबीच असन्तुष्टि बढ्दै जादा अध्यक्ष चेपुवामा परेको बताइएको छ। पछिल्लो समय समितिका१९ मध्ये १३ सदस्यले हस्ताक्षर गरेर नै अन्तरराष्ट्रिय विभाग प्रमुख पाँडेको बर्खास्तीको माग गरेका छन् ।

आजको बैठकमा यसतर्फ ध्यान जाने बताइएको छ । प्रवक्ता सहित तीन सहमहासचिव, मानार्थ अध्यक्षको नियुक्त गर्नुपर्नेछ । यस्तै, महिला साफ आयोजनाको बिषय समेत मुख्य रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com