2

Logo २०८३ बैशाख १३ आइतबार
रिब्दीकोटको बार्षिक स्वास्थ्य समिक्षा सम्पन्न

रिब्दीकोटको बार्षिक स्वास्थ्य समिक्षा सम्पन्न


Sabalnews प्रकाशित मिति : बुधबार, साउन २५ २०७९
1.4K

पाल्पा ।

जिल्लाको रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखाले आ.व.२०७८/०७९ काे बार्षिक समिक्षा गरेको छ ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले स्त्थानीय  सरकार स्वास्थ्य सेवा सरल र पहुँचमा पुर्‍याउन लागिपरेको बताउनुभयो । पालिकाका नागरिकलाई स्वास्थ्य सेवा र सचेतना दिन सबै स्वास्थ्य सस्था , स्वाास्थ्यकर्मी अग्रसर रहेको उल्लेेेख गर्नुुुभयो ।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सेवा राम्रो भएर नै सरकारी स्वास्थ्य सस्थामा बिरामीको बिश्वास बढ्दै गएको बताउनुभयो ।

सोही अबसरमा प्रमुख प्रशासकीय अधिकृत पबन अर्याल, स्वास्थ्य कार्यालय पाल्पा निमित्त प्रमुख विश्वनाथ न्याैपाने, पाल्पा सुआहारा कार्यक्रमका फिल्ड संयाेजक दिनेश घिमिरे, पालिकाका स्वास्थ संस्था प्रमुख तथा सबै वडाका वडा अध्यक्ष, स्वास्थ्य सस्थाका प्रमुख प्रतिनिधिले प्रगति प्रतिवेदनबारे बोल्दै नागरिकलाई कसरी सहज स्वास्थ्य उपचार दिन सकिन्छ भनेर सोही अनुसार लाग्नुपर्ने बताउनुभएको थियो । स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले समग्र पालिकाको  बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर अनमी सरस्वती तिमिल्सिनाले स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com