चुनावी सिट बाँडफाँटका लागि कार्यदल निर्माण, को–को परे? कार्यदलमा (सूची)
काठमाडौं ।
सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।
त्यस्तै भदौ पहिलो साता सिटबाँडफाँटको समेत टुंगो लगाउने निर्णय भएको छ । सिट बाँडफाँटको गृहकार्य गर्न कार्यदलसमेत बनेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।
नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् ।
जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छ ।