सुनितामी परियारको मौलिक तिज गीत “पिया राजै” बजारमा
काठमाडौं ।
नेपाली महिलाहरुको महान चाड तिजको अबसरमा चर्चित गायीका सुनितामी परियारको मौलिक तिज गीत “पिया राजै” बजारमा आएको छ ।
नेपाली हिन्दु महिलाहरुको महत्वपूर्ण पर्ब हरितालिका तिजको अबसरमा विभिन्न कलाकारहरुले विभिन्न किसिमका श्रृजनाहरु बजारमा पस्कने गर्दछन् । यसै शिलशिलामा परियारको एल्बम बजारमा आएको हो ।
गीतमा नेपाली ग्रामिण भेगमा रहेका ठेट नेपाली सस्कार र संस्कृतीलाइ मध्यनजर गर्दै महिलाहरुको उमेर बढ्दै जाँदा विहे नभएर सिउदो खाली हुँदाको पिडा यस गितमा समाबेस गएिको छ ।
बर्ष दिनको तिजमा छरछिमेको दिदीबहिनीहरु संग झुमेर नाचेको सम्झना गराउदै महादेवको पुजा आरधना गरेको यस गीतमा झल्काइएको छ ।
सुनितामी परियारको स्वरमा सजिएको यस गीतमा संगीत पनि सुनितामीकै रहेको छ । यस तिज गीतमा व्यस्त नायिका अन्जिली अधिकारी, सुनितामी परियार र तेजु सुनामको अत्यन्तै राम्रो अभिनय छ ।
तेजु सुनामको शब्दमा सजिएको यस तिज गीतमा कृष्ण विक भान्जाले संगित संयोजन गर्नु भएको छ भने मौसम हिमालीको नृत्य निर्देशन रहेको छ ।