2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापा मगर

नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापा मगर


Sabalnews प्रकाशित मिति : शनिबार, साउन १४ २०७९
1.1K

काठमाडौं ।

नेपाली कांग्रेसको भातृ संस्था लोकतन्त्रवादी मगरहरुको साझा संगठन नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापा मगर सर्वसहमतिमा चुनिनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले रिक्त रहेको मगर संघको अध्यक्षमा थापा मगरलाई चयन गरेको हो ।

मगर नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रहदै आउनुभएको थियो । नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव रहनुभएका थापा नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुदै सभापति हुनुभएको हो ।  उहाँले सभापति चयन भए पश्चात् लोकतन्त्रमा आस्थावान मगर समुदायको कला सस्कृति बचाउदै पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भुमिका केन्द्रित हुने बताउनुभयो भने निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरि नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com