लुम्बिनी प्रदेशसभाका बिषयगत समिति सभापतिले खाए सपथ
बुटवल ।
लुम्बिनी प्रदेश सभामा गठित बिषयगत समितिका सभापतिहरूले सपथग्रहण गरेका छन् ।
शुक्रबार प्रदेश सभा सचिवालयमा एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गाेपनियताकाे सपथग्रहण गराउनुभएको हो ।
सपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले आजै पदभार ग्रहण गरेका छन् । प्रदेश सभामा रिक्त रहेका चार बिषयगत समिति सभापति पदका लागि बुधबार मनाेनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्वराेध निर्वाचित भएका थिए ।
प्रदेश सभाको महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिकाे सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बिष्णु प्रसाद पन्थी, अर्थ,उद्योग तथा पर्यटन समितिकाे सभापतिमा राष्ट्रिय जनमाेर्चाका तारा जिसी, कृषि वन तथा वातावरण समितिकाे सभापतिमा नेकपा एमालेकै जाल्पा भुसाल र सामाजिक विकास समितिकाे सभापतिमा पनि नेकपा एमालेकै बाबुराम गाैतम निर्वाचित भएका थिए ।