दाउन्नेमा बस पल्टिएर आगलागी हुदा ६ गम्भीर घाइते
नवलपरासी ।
नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।
घाइते यात्रुमध्ये ६ जनाको को अवस्था भने गम्भीर छ । कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिनुभयो । उहाँका अनुसार बसमा ३१ जना जना सवार थिए ।
घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानिय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।