2

Logo २०८३ बैशाख १३ आइतबार
सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्नु- गृह मन्त्रालय

सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्नु- गृह मन्त्रालय


Sabalnews प्रकाशित मिति : मंगलबार, साउन १० २०७९
869

काठमाडौं।
गृह मन्त्रालयले सवै सरकारी निकायलाई कार्यालयको सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ।

सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई सो निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। गृहसचिव टेक नारायण पाण्डेले मंगलबार सो सर्कुलर जारी गर्नुभएको छ ।

मन्त्रालयले तीन महिनासम्म सीसीटिभी फूटेज सुरक्षित रहने जानकारी दिएको छ। सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले गर्दै आएको छ।

सिंहदरबार भित्रको सीसीटिभीको अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com