मदन भण्डारी विश्वविद्यालय सम्बन्धी विधेयक माथिको संशोधन स्वीकृत
काठमाडौं ।
प्रतिनिधि सभाको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०६९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको छ।
आइतबार संसद्मा गणपुरक संख्या नपुगेपछि उक्त विधेयकमाथिको संशोधन स्वीकृत रोकिएको थियो । मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक पुन:प्रस्तुत गर्नुभएको थियो।
यसअघि प्रतिनिधि सभाबाट पारित भएको तर संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट संशोधन भएपछि पुन: प्रतिनिधि सभामा आएको थियो। संशोधन स्वीकृत भएसँगै यो अब प्रमाणिकरणमा जाने छ। राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरण गरेपछि यो ऐनको रुपमा लागू हुनेछ।