अमिले सामुदायिक स्वास्थ्य इकाई समिति गठन
पाल्पा ।
अमिले सामुदायिक स्वास्थ्य इकाईको भेला भुवनपोखरीमा बसेको छ ।
भेलाले रैनादेवी ३ भुवनपोखरीमा रहेको स्वास्थ्य सस्थाबाट सेवा प्रवाहलाई चुस्त बनाउन छलफल गरेको छ ।
भेलाले वडा अध्यक्ष प्रदिप पौडेलको अध्यक्षतामा सामुदायिक स्वास्थ्य इकाईको नयाँ संचालन तथा ब्यबस्थापन समिति गठन गरेको छ । साथै जग्गा दाता स्थानीय जोगिन्द्र दर्लामीको अध्यक्षतामा ११ सदस्यीय सल्लाहकार समिति चयन भएको छ।

सामुदायिक स्वास्थ्य इकाइका विभिन्न समस्याहरुको बारे छलफल गर्दै स्वास्थ्य सस्थामा आउने सेवाग्राहीको सहजता सरल सेवा र उपचारका लागि खेल्नुपर्ने भुमिका बिषयमा सहजीकरण भएको छ ।