2

Logo २०८३ बैशाख १३ आइतबार
लुम्बिनीमा मन्त्रीमण्डल पुर्नगठनको तयारी, काङ्ग्रेस र माओबादीले मन्त्री परिवर्तन गर्ने

लुम्बिनीमा मन्त्रीमण्डल पुर्नगठनको तयारी, काङ्ग्रेस र माओबादीले मन्त्री परिवर्तन गर्ने


Sabalnews प्रकाशित मिति : मंगलबार, साउन १० २०७९
722

बुटवल ।

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादीले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेका हुन् ।

काँग्रेस र माओवादीबीच सुरुमा आलोपालो सरकार चलाउने भद्र सहमति भएपनि पछिल्लो समय मुख्यमन्त्री फेरिँदा अन्य प्रदेशमा पनि समस्या आउने भएको भन्दै मुख्यमन्त्री यथावत् राखेर मन्त्रीहरू परिवर्तन गर्न दुवै पार्टी सहमत भएका हुन् । काँग्रेसले हालका मन्त्रीहरू हटाएर नयाँ अनुहार ल्याउन शीर्ष नेताहरू पटक पटक छलफल भएको लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकुद्धिन खाँनले बताउनुभयो ।

बजेट पासपछि मन्त्री परिवर्तन गर्ने अनौपचारिक सहमति भएको भन्दै साउन दोस्रो हप्ताभित्र नयाँ मन्त्रिमण्डल  गठन गर्ने पार्टी नेतृत्वले आन्तरिक तयारी गरेको दावी गर्नुभयो । काँग्रेस जस्तै माओवादीभित्र पनि मुख्यमन्त्री बाहेक अन्य मन्त्रीहरू परिवर्तन गर्नेबारे छलफल भएको छ ।

नेकपा माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष एवं सांसद सुदर्शन बरालले नेपाली काँग्रेसले नयाँ मन्त्रीहरू नाम दिनसाथ  माओवादीमा पहिलेदेखि मन्त्री हुन रुचि राख्नेहरू तयार रहेको बताए । ‘नेपाली काँग्रेसले नयाँ मन्त्रीको नाम दियो भने हामीलाई पनि नयाँ नाम दिन समस्या छैन साथीहरूको नाम करिब फाइनल जस्तै छ-उहाँले भन्नुभयो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com