साउनमा शिवको पोल्टामा नेपाल प्रेस युनियन
हेटौडा ।
नेपाल प्रेस युनियनको ८ बर्षमा भएको महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । संस्थापन इतर समूहकाे तर्फबाट प्रतिस्पर्धामा रहेका लम्साल संस्थापन पक्षका उम्मेदवार अनिता विन्दुलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।
लम्साल गत २०७१ सालमा पोखरामा भएको आठौं महाधिबेशनमा अध्यक्ष बद्री सिग्देल संग पराजित भएका थिए ।हेटौडामा भएको महाधिवेशनबाट युनियनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । २ खुला उपाध्यक्ष पदमा नकुल अर्याल र भिष्मराज ओझा बिजयी भएका छन् । महिला उपाध्यक्षमा सलोजा दाहाल निर्वाचित भएकी छन् भने लुम्बिनी प्रदेश उपाध्यक्षमा माधब अर्याल र बागमती प्रदेशमा मुरारी अधिकारी निर्वाचित भएका छन् ।
त्यसैगरि महासचिव पदमा दिलिप पाैडेल, उपमहासचिवमा युबराज गौतम र रबिन्द्र सुवेदी, महिला उपमहासचिव दिलीपाश्री अधिकारी र सुलोचना गौतम, सचिव खगेन्द्र प्रसाद भण्डारी, कोषाध्यक्ष माधव धिताल बिजयी भएका छन् । लेखासमिति संयोजकमा पदमराज जोशी, सदस्यमा घनश्याम पौडेल र गिरिराज पोख्रेल बिजयी भएका छन् ।
प्रेस युनियन केन्द्रिय पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य गरि झण्डै १४१ सदस्यीय समिति बन्नेछ ।