पाल्पामा बस दुर्घटना, ६ को मृत्यु, १७ घाइते
पाल्पा ।
पाल्पा जिल्लाको रिब्दीकोट–२ लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । तानसेन–तम्घास सडकखण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर यात्रुबाहक बस दुर्घटना भएको हो।
दुर्घटनामा परी १७ जना यात्रु घाइते भएका छन् । मृतक र घाइतेको पहिचान भएको छैन । जङ्गलको खोचमा सडकबाट तल खस्दा उद्दारमा समस्या आएको र बिरामीको उद्दार गरि हस्पिटल पुर्याइएको प्रहरीले जनाएको छ । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेको स्थानीय बासीले बताएका छन् ।