ललितपुरमा युनियनको भेला, युनियनको भूमिका अझै प्रभावकारी र शशक्त हुनुपर्नेमा सहभागीको जाेड
ललितपुर।
आसन्न नेपाल प्रेस युनियनकाे नवाैं महाधिवेशनका सन्दर्भमा ट्रेड युनियन अधिकारका लागि प्रेस युनियनकाे भूमिका बिषयक अन्तरक्रिया ललितपुरमा भएको छ ।
नेपाल प्रेस युनियन ललितपुरको आयोजनामा नवाैं महाधिवेशनमा सहभागी प्रतिनिधि (पार्षद) हरुकाे भेला गरी ट्रेड युनियन र प्रेस युनियनबारे अन्तरक्रिया गरेको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा जिल्ला तहमा नेपाल प्रेस युनियनको भूमिका अझै प्रभावकारी र शशक्त हुनुपर्नेमा जाेड दिनुभएको छ । राणाले “प्रेस युनियनमा आवद्ध पत्रकारहरुले नेपाली काँग्रेसका गतिविधिहरुलाई सञ्चारमाध्यममार्फत अझै जनतासमक्ष पुर्याउन भूमिका खेल्नुपर्ने बताउदै प्रेस युनियनका पत्रकारहरुलाई सदैव सक्दो सहयोग रहने उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेपाल प्रेस युनियन नेपाली कांग्रेसकाे महत्त्वपूर्ण शुभेच्छुक संस्था भएको बताउँदै पार्टीले निरन्तर रुपमा समन्वय र सहकार्य गर्ने बताउनुभयो।”प्रेस युनियन राज्यकाे चाैथाे अंगका रुपमा स्थापित पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरुकाे संस्था हाे । यस्ताे महत्त्वपूर्ण संस्थालाई नेपाली कांग्रेसले सधै समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने उहाँको भनाई थियो ।”
त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले नेपाल प्रेस युनियनका गतिविधिहरुले नेपाली कांग्रेसलाई सकरात्मक सहयाेग पुगेकाे र आगामी दिनहरुमा अझै प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले स्थानीय तहकाे निर्वाचनमा प्रेस युनियनको रचनात्मक भूमिका रहेकाे बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव बशिष्ठ अधिकारी, सहसचिव तथा जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयाल, वागमती गाउँपालिका प्रमुख वीरबहादुर लाेप्चनले नवाैं महाधिवेशनकाे सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले ट्रेड युनियन अधिकारका लागि साउन ६ र ७ गते हेटौंडामा हुने नवाैं महाधिवेशनले दिशानिर्देश गर्ने बताउनुभयो। नेपाल प्रेस युनियनकी उपाध्यक्ष बाला अधिकारीले नेपाल प्रेस युनियन ललितपुरकाे विगतकाे अवस्थाकाे चर्चा गर्दै नवाैं महाधिवेशनमा ललितपुरबाट उम्मेदवार घाेषणा गरेकाहरुलाई विजयका लागि शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय काेषाध्यक्ष सूर्य नेपालले नेपाल प्रेस युनियन मात्रै ट्रेड युनियन अधिकारकाे पक्षमा वकालत गर्ने र लड्ने संस्था भएको बताउनुभयो। युनियनका साथीहरू महासंघको मुख ताकेर बस्नुपर्ने अवस्था छैन, आइएफजेसंग सिधै सम्पर्क छ। यसलाई साथीहरूले अझै प्रभावकारी बनाउन सक्नुहुनेछ- नेपालले भन्नुभयो। ”
त्यस्तै, कार्यक्रममा प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, उपमहासचिव सलाेजा दहाल, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरु दिलीप पाैडेल, रमेश वाग्ले, भुवन शर्मा, कल्पना शर्मालगायतले नवौं महाधिवेशनका बिषयमा आफ्ना भनाई राख्नुभयो ।
नेपाल प्रेस युनियन ललितपुरका कार्यवाहक अध्यक्ष केदारनाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा दाहालले पेशागत संगठनमा तत्तचित्तले काम गरेर अब्बल बन्नुपर्नेमा जोड दिनुभयो ।