2

Logo २०८३ बैशाख १३ आइतबार
बगनासकालीका करार कर्मचारीको ३ महिने म्याद थप

बगनासकालीका करार कर्मचारीको ३ महिने म्याद थप


Sabalnews प्रकाशित मिति : शनिबार, असार ३२ २०७९
834

पाल्पा ।

पाल्पाको बगनासकाली गाउँपालिकाले गाउँपालिका अन्र्तगत रहेका सबै करार कर्मचारीहरुको असोज मसान्त सम्मका लागि म्याद थप गरेको छ ।

गाउँपालिकाको कार्यपालिका बैठकले पालिका, वडा, कृषि, पशुशाखा, स्वास्थ्य, आयुर्वेद लगायतको करार कर्मचारीलाई २०७९ असोज मसान्तसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले बताउनुभयो । बगनासकाली गाउँपालिका भित्र १ सय जना बढी करारका कर्मचारी छन् ।

कार्यपालिका बैठकले यस पालिका भित्रका सम्पूर्ण मोटर बाटोलाई बर्षामा पहिरोको कारण अवरुद्ध बाटो सम्बन्धित वडाद्वारा तुरुन्तै सुचारु गर्ने निर्णय गरेको छ । पानी पर्दा पहिरो गई एम्बुलेन्स पनि आवत-जावत गर्न समस्या हुने भएकोले पहिरोबाट बाटो अवरुद्ध हुनसाथ तत्काल बाटो खुलाइने गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।

बैठकले यस पालिकाको विकास निर्माण र जनताले समयमै पालिका र वडाको कार्यक्रमको जानकारी प्राप्त गर्नको लागि हरेक साविक वडामा टोल विकास समिति भाद्र १० गते सम्म गठन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com