2

Logo २०८३ बैशाख १३ आइतबार
प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुषाल बिजयी

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुषाल बिजयी


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार ३१ २०७९
645

काठमाडौं ।

प्रतिनिधिसभाकाे उपसभामुखमा पुष्पा भुसाल विजयी हुनुभएको छ । शुक्रबार संसदमा भएकाे मतदानमा गठबन्धनकाे साझा उम्मेदवार नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित हुनुभएको हो।

शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहनुभएकी सांसद भुसालले १ सय ४८ मत ल्याउदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले ९३ मत पाउनुभयो । मतदान प्रक्रियामा एक जना सांसद सहभागी भएका थिएनन् ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि रिक्त पदमा शुक्रबार चुनाव भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com