फेकोफनको समन्वयमा जिल्लामा ३ हजार बिरुवा बितरण
पाल्पा ।
सामुदायिक बन उपभोक्ता महासंघ पाल्पाको समन्वयमा जिल्लाका सामुदायिक बन समूह र विभिन्न सस्थामा बिरुवा बितरण गरिएको छ ।
जिल्लाको रामपुर क्षेत्रका बिभिन्न सामुदायिक बन र समुहलाई यो साता बिरुवा बितरण गरिएको हो । जिल्ला भूसंरक्षण तथा जलाधार व्यवस्थापन कार्यलय संगको समन्वयमा महासंघले ३ हजार बिरुवा ल्याएर बितरण गरेको सामुदायिक बन महासंघ पाल्पाले जनाएको छ ।

जिल्लाका पर्यटकीय राम्चे सामुदायिक बन, रानीवन तथा वडवान सामुदायिक बन, जुन तारा मातृ समुह, दियालो सहकारी, दुर्गा देबि आमा समुहबाट उपभोक्ता सदस्यलाई बिरुवा बितरण गरिएको छ ।
सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठका अनुसार महासंघले पुर्वी पाल्पामा आँप, लिची, कागती, अम्रिसो र वासको विरुवा गरि करिब ३ हजार वितरण गरेको छ।
