रघुनाथ स्मृति अक्षयकोषबाट बिद्यार्थीलाई छात्रवृत्ति वितरण
स्याङ्जा ।
राधादामोदर संस्कृत विद्यापीठ चापाकोटमा स्थापित रघुनाथ स्मृति अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको छ ।
विद्यापीठमा शास्त्री तह प्रथम, द्वितिय र तृतिय खण्डमा अध्ययनरत ४७ जना विद्यार्थीहरुलाई रघुनाथ स्मृति अक्षयकोषबाट छात्रवृत्ति दिइएको हो । रघुनाथ स्मृति अक्षयकोषका संस्थापक गोमादेवी भट्टराईले विद्यार्थीलाई छात्रवृत्ति बितरण गर्दै राम्रो पढाइ र लगनशील हुन आग्रह गर्नुभयो । राधादामोदर संस्कृत विद्यापीठका सहायक प्राध्यापक अनन्तराज गैह्रेले शैक्षिक हवको रुपमा बिकसित राधादामोदरको थप आकर्षणको लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
राधादामोदर संस्कृत विद्यापीठका प्राचार्य डाक्टर खेमराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य खनालले विद्यापिठ र विद्यार्थीको अबस्थाबारे जानकारी दिनुभएको थियो ।
विद्यापीठका प्राध्यापक रघुनाथ भट्टराईको स्वागत, राधादामोदर संस्कृत विद्यापीठका सहायक प्राध्यापक तारादेवी भण्डारीले धन्यवाद गर्नुभएको कार्यक्रमको सञ्चालन सहायक प्रशासक घनश्याम खनालले गर्नु भएको हो ।